नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

मोलुङको पात्लेमा एक महिला मृत भेटिइन् 

ओखलढुङ्गान्युज, बैशाख २६ । जिल्लाको मोलुङ गाउँपालिका वडा नं. ७ पात्लेमा एक महिला मृत फेला परेकी छन् । 

मृत फेला पर्नेमा मोलुङ गाउँपालिका ७ पात्लेका छेपाल शेर्पाको श्रीमती ३६ बर्षकी युटी शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए। शेर्पा शोमबार साँझ ६ बजे तिर आफ्नै घर भित्र खाटमा सुतिरहेको अवस्थामा मृत फेला परेको प्रहरी निरीक्षक दासले जानकारी दिए ।

शेर्पा आफ्नै खाटमा सुतिरहेको अवस्थामा नै मृत फेला परेपछि परिवारका सदस्यहरुले नजिकै रहेको अस्थायी प्रहरी पोष्ट तालकोटमा खबर गरेका थिए । घटना बारे जानकारी पाउन साथ प्रहरी घटास्थलमा पुगेको थियो ।

घटास्थलमा पुगेको प्रहरीले आवश्यक कानूनी प्रकृया पुरा गर्दै शबको पोष्ट मार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार ल्याएको प्रहरी निरीक्षक दासले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।