नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

‘मिडियाको समाचारमा एकरुपमता हुनुपर्छ’– मुख्यमन्त्री कार्की 

कोशी प्रदेशका चार पत्रकार पुरस्कृत

ओखलढुङ्गान्युज, बैशाख २५ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आमसञ्चार माध्यममा आउने समाचारमा एकरुपमता हुनुपर्ने बताएका छन् । राष्ट्रिय पत्रकारिता दिवसको सन्दर्भमा कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइर्तबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

एउटै घटनाका बारेमा जतिवटा मिडिया हे¥यो उति किसिमका समाचार आउने गरेको र त्यसले नागरिकहरुमा भ्रम सृजना गरेको भन्दै समाचारमा आफ्नो मत जाहेर गरेपनि एकरुपता भने हुनुपर्ने मुख्यमन्त्री कार्कीले बताए । मुख्यमन्ी कार्कीले प्रदेश सरकारले गरेका विकास निर्माण, सुशान र नीतिगत सुधारको खुलेर प्रचार गरिदिन र खराव कामको आलोचना गर्न पनि आमसञ्चार क्षेत्रलाई अनुरोध गरेका छन् ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार पत्रकारहरुको क्षमता अभिवृद्धि, पत्रकारिता क्षेत्रको संस्थागत विकास र अध्ययन अनुसन्धानका कार्यलाई अगाडि बढाउन तयार रहेको स्मरण गराउँदै त्यसको लागि आगमी आर्थिक वर्ष भित्र आवश्यक कानून निर्माण गरी प्रदेश स्तरीय सञ्चार प्रतिष्ठान गठनको काम अगाडि बढाउने बताए ।

कोशी प्रदेशको राजधानी टुङ्गो लागेपनि संरचनाहरु निर्माण नभएको दृष्टान्त प्रस्तुत गर्दै अब प्रदेश सरकारका आवश्यक संरचनाहरु कहाँ निर्माण हुन्छन् भन्ने कुराको सन्देश दिने गरी आगमी वर्ष भित्र संरचना निर्माणको काम सुरु गर्नेगरि तयारी भैरहेको मुख्यमन्त्री कार्कीले बताए । कोशी प्रदेश नामकरणका सन्दर्भमा भइरहेका विरोध कार्यक्रमहरु प्रति लक्षित गर्दै मुख्यमन्त्री कार्कीले आफ्ना असहमतिहरु शान्तिपूर्ण रुपमा राख्न अनुरोध गरेका थिए ।

कार्यक्रममा कोशी प्रदेश सरकारले प्रदेश भित्रका चारजना अग्रज पत्रकारहरु सोमनाथ सुशेली, रोजेश विद्रोह, चन्द्रकला (अम्बिका) भण्डारी र सटेन्द्र जबेगुलाई  एक लाख रुपियाँ राशिको ‘प्रादेशिक पत्रकारिता पुरस्कार’ र सम्मान पत्र मार्फत पुरस्कृत तथा सम्मान गरिएको थियो ।