नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

मलामी जादा बेहोस भई लडेका मानेभञ्ज्याङ्गका युवाको मृत्यु

ओखलढुङ्गान्युज, बैशाख २० मलामी जादा अचानक बेहोस भई लडेका एक युवाको उपचारमा लैजाने क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ६ हिलेपानीका शुभराम राईका छोरा बर्ष २५ को बशन्त राई रहेका छन् ।

राई छिमेकीको मृत्यु भएकोले सोक्माटारमा मलामी गएका थिए । मलामी गएका राई अचानक बेहोस भई लडेका थिए । बेहोस भई लडेका राईलाई उपचारका लागि उदयपुरको घुर्मीमा रहेको जनसेवा क्लिनिकमा लगिएको थियो । राईको त्यहाँ पनि उपचार हुन नसक्ने भएपछि सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाण्डौं रिफर गरिएको थियो ।

काठमाण्डौं रिफर गरिएका राईलाई थप उपचारका लागि एम्बुलेन्स मार्फत काठमाण्डौं लैजाने क्रममा मंगलबार राति सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं. ६ खुर्कोटमा रहेको शुभजिवन अस्पतालमा पुर्याईएको थियो । अस्पतालमा पुर्याइए पनि राति ८ः२० अस्पतालले उनको मृत्यु भएको जानकारी गराएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

प्रहरी निरीक्षक दासका अनुसार अस्पतालले राईको मृत्यु भएको जानकारी गराएपछि शबलाई राति नै पोष्टमार्टमका लागि रुम्जाटार अस्पताल ल्याईएको छ । शबलाई हाल रुम्जाटार अस्पतालमा नै राखिएको छ । राईको मृत्युको बारेमा अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।