नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

मोलुङ गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष दुवैमा महिला निर्वाचित

नयाँ आर्थिक वर्षका लागि युवा नीति तथा कार्यक्रम प्रस्तुत

ओखलढुङ्गान्युज, बैशाख १७ मोलुङ गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष दुवै पदमा महिला निर्वाचित भएका छ । मोलुङ गाउँपालिकाको वडा नं. २ रामपुरमा शनिवार सम्पन्न भएको निर्वाचनमा अध्यक्ष तथा उपाध्यक्ष दुवै पदमा महिला निर्वाचित भएका हुन् ।

निर्वाचितभए पश्चात बसेको प्रथम सभाले आर्थिक वर्ष २०८०/८१ का लागि युवा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । युवा नीति तथा कार्यक्रम प्रस्तुत हुदा सभामा गाउँपालिकाका वडा अध्यक्षहरु तथा गाउँसभाका सदस्यहरुको उपस्थिती रहेको थियो । सभाका सदस्यहरु त्यसलाई सुनिरहेका छन् । छलफल कार्यक्रममा पनि उनीहरु सहभागी भएर आफ्नो मत राखे । यसलाई हेर्दा लाग्थ्यो साच्चीकै मोलुङमा गाउँपालिकाको सभा चलिरहेको छ ।

यो दृष्य हो ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिकामा युवाले सञ्चालन गरेको नमुना युवा संसद कार्यक्रम अन्तर्गत नमुना गाउँ सभा अभ्यास कार्यक्रमको । गत बुधबार देखि सुरुवात भएको नमुना युवा संसद कार्यक्रम अन्तर्गत शनिवार मोलुङको रामपुरमा संसदिय अभ्यासको नमूना प्रस्तुत गरिएको थियो

युवाहरुले राजनीतिक नेतृत्वलाई युवाका मुद्दा प्रति सचेत गराउन र युवालाई संसदीय अभ्यासमा लैजान युवा संसद सञ्चालन गरिएको मोलुङ स्टार युवा क्लवका सचिव एवं  कार्यक्रमका प्रशिक्षक  गोपाल नेपालले जानकारी दिए । गत बर्ष मोलुङ गाउँपालिका द्वारा आयोजित उक्त कार्यक्रम यसपटक भने विगत कै निरन्तरता स्वरुप मोलुङ स्टार युवा क्लवले नमुना युवा संसद नमुना गाउँ सभा अभ्यास कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा गाउँपालिकाका प्रत्येक वडाबाट ३/३ जना, गाउँपालिकाबाट ६ जना र मोलुङ स्टार युवा क्लवको तर्फबाट ८ जना गरेर ३८ जना युवा सहभागि गराई चार दिनसम्म संसदीय प्रक्रिया, ज्ञानको बारेमा जानकारी गराईएको थियो । ब्याबहारिक ज्ञान पश्चात सहभागीहरुबाट नमुना युवा संसद कार्यक्रम सञ्चालन गरिएको थियो ।