नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

डिसहोम मर्मत गर्ने क्रममा लडेर एक युवा गम्भिर घाईते

ओखलढुङ्गान्युज, बैशाख १७ ओखलढुङ्गामा घरको छानामा रहेको डिसहोमको छाता मर्मत गर्ने क्रमम लडेर एक युवा गम्भिर घाईते भएका छन् । घाईते हुनेमा चिशंखुगढी गाउँपालिका वडा नं. ३ दियालेका थम्बु श्रेष्ठका छोरा २९ बर्षिय मोहन कुमार श्रेष्ठ रहेका छन् ।

घाईते श्रेष्ठ शनिवार दिउसो स्थानीय छिमेकीको डिसहोम विग्रिएकोले त्यसको छाता मर्मत गर्न घरको छानोमा चढेका थिए । मर्मत गर्ने क्रममा उनी अचानक छानोबाट भुईमा खसेका थिए । भुईमा खस्दा उनको हात, खुट्टा र करङमा गम्भिर चोट लागेको थियो । त्यसपछि घाईते श्रेष्ठलाई स्थानीयको सहयोगमा सामुदायीक अस्पताल सोब्रु ल्याईएको थियो ।

श्रेष्ठलाई शनिवार नै अस्पताल ल्याईएको भएपनि उनको ओखलढुङ्गामा उपचार नहुने भएपछि थप उपचारका लागि सामुदायीक अस्पताल सोब्रुले काठमाण्डौं रेफर गरेको छ । काठमाण्डौं रेफर गरिएका श्रेष्ठलाई आईतबार विहान गाडी मार्फत काठमाण्डौं पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक केसीले जानकारी दिए ।