नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

ओखलढुङ्गाको चट्याङ अपडेट: घाइते महिलाको मृत्यु 

ओखलढुङ्गान्युज, बैशाख १७ । जिल्लाको खिजिदेम्बा गाउँपालिकामा चट्याङ लागेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खिजिदेम्वा गाउँपालिका वडा नं. २ रगनीको तोपाडाँडा भन्ने स्थानकी ५७ बर्षिया देवमाया बुढाथोकी रहेकी छन् ।

शनिबार पानी परेका कारण घर भित्रै बसीरहेको अबस्थामा अपरान्ह पौने ५ बजेतिर बर्षासँगै परेको चट्याङले बुढाथोकी घाइते भएकी थिइन् । चट्याङले लागेर घाइते भएकी बुढाथोकीको उपचारका लागि मन्थली सामुदायिक अस्पतालमा पुर्याइएको थियो । अस्पताल पुर्याउन साथ अस्पतालले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।

घाइते बुढाथोकी बेहोस सँगै गम्भीर अवस्थामा रहेकीले प्रहरी र स्थानीयको सहयोगमा उपचारका लागि शनिबार साँझ नै रामेछाप जिल्लाको मन्थली पठाइएको थियो ।मन्थली अस्पतालमा उनलाई राती १२ बजे पुर्याइएको थियो । तर अस्पताल पुर्याउन साथ अस्पतालका डाक्टरले विरामीलाइ मृत घोषित गरेको प्रहरी निरीक्षक दासले जानकारी दिए ।