नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

चट्याङ लागेर ओखलढुङ्गामा एक महिला घाइते

ओखलढुङ्गान्युज, बैशाख १६ । जिल्लाको खिजिदेम्बा गाउँपालिकामा आज चट्याङले लागेर एक महिला गम्भिर घाइते भएकी छन् । घाइते हुनेमा खिजिदेम्वा गाउँ पालिका वडा नं. २ रगनीको तोपाडाँडाकी ५७ बर्षिया देवमाया बुढाथोकी रहेकी छन् ।

शनिबार घर भित्रै बसीरहेको अबस्थामा अपरान्ह पौने ५ बजेतिर बर्षासँगै परेको चट्याङले बुढाथोकी घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । चट्याङले लागेर गम्भिर घाईते भएकी बुढाथोकी बेहोस अबस्थामा नै रहेकोले उपचारका लागि एम्बुलेन्स मार्फत मन्थली पठाइएको पनि प्रहरी निरीक्षक दासले जानकारी दिए ।