नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

नर्मदेश्वरका युवाहरुलाई बासबाट सामाग्री बनाउने तालिम

ओखलढुङ्गान्युज, बैशाख १३ लिखु गाउँपालिकाले नर्मदेश्वरका युवाहरुका लागि बासबाट सामाग्रीहरु बनाउने तालिम प्रदान गरेको छ । लिखु गाउँपालिकाले वडा नं. ३ नर्मदेश्वरका युवाहरुलाई बाँसवाट सामान निर्माण गर्ने एक महिने तालिम प्रदान गर्दै मंगलबार तालिम समापन गरेको छ ।

वडाका युवाहरु लुघउद्यम सञ्चालन गर्दै स्वरोजगारका साथ आर्थिकमा आत्मनिर्भर बनुन भन्ने उद्धेश्यका साथ वडामा तालिम सञ्चालन गरिएको वडा नं. ३ का वडा अध्यक्ष सोकर्ण श्रेष्ठले बताए । तालिममा महिला तथा पुरुष गरेर २४ जना युवायुवतीहरुले सहभागीता जनाएको पनि वडा अध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रमको समापन कार्यक्रममा सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष अशोक कार्कीले तालिममा सहभागीहरुलाई लघुउद्यमी बन्न सुझाव दिए । युवाहरुले उत्पादन गरेका सामाग्रीहरुको बजारीकरणका लागि गाउँपालिकाले आवश्यक पहल गर्ने गाउँपालिकाले अध्यक्ष कार्कीको भनाई थियो । बाहिर बजारमा ठूलो मात्रामा उत्पादन गरेर विक्रि गर्न नसकेपनि उत्पादनका सामाग्रीहरु स्थानीय स्तरमा नै उपयोग गर्दा गाउँको पैसा बाहिर नजाने र युवाहरुले रोजगार पनि पाउने उहाँको भनाई थियो ।

तालिम गत २०७९ चैत ११ देखी २०८० बैशाख १२ सम्म सञ्चालन भएको हो । संघिय सरकारको सशर्त अनुदान कार्यक्रम मार्फत तालिम सञ्चालन गरिएको लिखु ३ का वडा अध्यक्ष श्रेष्ठले बताए ।