नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

मोलुङका महिलाहरुलाई मखमलको जुत्ता चप्पल बनाउने तालिम

ओखलढुङ्गान्युज, बैशाख १३ । मोलुङ गाउँपालिकाले गाउँपालिकाका महिलाहरुलाई ढाकाको जुत्ताचप्पल बनाउने तालिम प्रदान गरेको छ । गाउँपालिकाले सञ्चालन गरेको पहिलो चरण अन्तर्गतको दश दिने तालिमको मंगलबार सम्पन्न भएको हो ।

पहिलो चरणको तालिममा चारवटा वडाका ९ जनाले सहभागीता जनाएको मोलुङ गाउँपालिकाले जनाएको छ । कार्यक्रमको समापन कार्यक्रममा सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष उत्तम राईले महिलाहरुको आर्थिक उपार्जनमा टेवा पुगोस भनेर तालिमको आयोजना गरिएको बताए । तालिम सकिए पश्चात तालिममा सिकेका शिपले महिलाहरु उद्यमसिल बन्ने र उनीहरु आर्थिकमा समेत आत्मनिर्भर बन्ने गाउँपालिकाले अपेक्षा गरेको अध्यक्ष राईले बताए ।

तालिम गत बैशाख ३ गते देखी मोलुङ गाउँपालिकाको वडा नं. ५ प्राप्चाको स्वास्थ्य चौकीको सभाहलमा सञ्चालन भएको थियो । संघिय सरकारको सशर्त अनुदान कार्यक्रम मार्फत तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । मखमलको जुत्ताचप्पल बनाउने दोश्रो चरणको तालिम बुधबार (बैशाख १३) देखी रामपुरमा सञ्चालन हुने पनि गाउँपालिकाले जनाएको छ ।