नेपाली समय Loading...२०८१ जेष्ठ ६ आईतवार

खसेको ६९ प्रतिशत मत सहित चितवनमा पूनः रवि लामिछाने विजयी

ओखलढुङ्गान्युज, बैशाख १२ प्रतिनिधी सभा सदस्यको उपनिर्वाचनमा चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने पूनः निर्वाचित भएका छन् । लामिछानेले आईतवार खसेको मतको करिब ६९ प्रतिशत भन्दा बढी मतसहित विजयी भएका हुन् ।

लामिछाने कूल ५४ हजार १७६ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको ११ हजार २१४ मत ल्याएका छन् । त्यसैगरी नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएका छन् । बैशाख १० गते भएको उपनिर्वाचनमा यहाँ कुल ७८ हजार २७७ मत खसेको थियो ।

गत मंसिर ४ गते भएको निर्वाचनमा चितवन २ मा ८४ हजार ३१५ मत खस्दा लामिछाने ४९ हजार २९६ मत ल्याएर विजयी भएका थिए । अघिल्लो निर्वाचनमा भन्दा कम मत खसे पनि लामिछानेको यसपटक मत र मतान्तर बढी आएको हो । पहिलेभन्दा खसेको मत कम भएपनि यसपटक लामिछानेले भने पहिलेभन्दा ४ हजार ९१२ मत बढाएका छन् ।