नेपाली समय Loading...२०८१ जेष्ठ ६ आईतवार

शोमबारवाट नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

ओखलढुङ्गान्युज, बैशाख १२ शोमबारवाट काठमाण्डौंमा नेपाल फाइभ पी प्रदर्शनी सुरु भएको छ । शोमबारवाट सुरु भएको प्रदर्शनीमा प्लाष्टिकजन्य पद्धार्थसँग सम्बन्धि रहेका विभिन्न सामाग्रीहरु राखिएको छ ।

काठमाडौँको भृकुटी मण्डपमा सुरु भएको प्रदर्शनीको उद्घाटन गर्दै थापाले थोरै लगानीमा नयाँ काम गर्न चाहने युवाका लागि भाइभ पी प्रदर्शनी फलदायी हुने विश्वास व्यक्त गरे । थोरै लगानीमा नयाँ काम गर्न चाहनेहरूका लागि प्रदर्शनीले नयाँ बाटो देखाउन सक्ने थापाको भनाई छ । नेपालमा नयाँ प्रविधि भित्र्याउन र नविनतम् उद्योग स्थापनाका गर्न चाहनेका लागि यो राम्रो अवसर हुनसक्ने उनको भनाई छ ।

प्रदर्शनीमा नेपालभरका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ् र प्रोसेसिङसंग सरोकार राख्ने उद्योगी व्यवसायी लगायत सहभागी रहेका छन् । नेपालभरका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ् र प्रोसेसिङसंग सरोकार राख्ने व्यापारी व्यवसायी तथा सरोकारवाललाई एकै ठाउँमा ल्याएर व्यापारमा साझेदारी गर्दै नवीनतम प्रविधिको प्रदर्शनका लागि प्रदर्शनी उपयोगी हुने आयोजकले जनाएको छ ।

प्लास्टिक प्रोसेसिङ मेसिनरीका उत्पादनहरू, स्क्रिन प्रिन्टिङ, इन्डक्सन मोलिङ मेसिन, प्रिन्टिङ मेसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मेसिनरी, प्रिन्टिङ स्पेर पार्टस, पेपर मेसिनरी, पेपर कप मेसिनरी प्रदर्शनीमा राखिएको छ ।

त्यस्तै प्रदर्शनीमा सबै खाले कागज र स्पेर पार्टस्, प्याकेजिङ मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरूले उत्पादन गरेका सामग्रीहरू समेत अवलोकन तथा आवश्यकता अनुसार खरिद तथा प्रयोग सम्बन्धी ज्ञान लिन सकिने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १५० भन्दा बढी स्टल राखिएको छ । प्रदर्शनी अवलोकन गर्न चाहनेले निःशुल्क प्रवेश पाउने आयोजकले जनाएको छ । प्रदर्शनी बैशाख १३ सम्म सञ्चालन हुनेछ । शुक्रबारदेखि सुरु भएको तेस्रो नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनीको मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले संयुक्त रुपमा आयोजनामा गरेका हुन् ।