नेपाली समय Loading...२०८१ जेष्ठ ६ आईतवार

खिजिदेम्बाको मुक्ति मण्डला गुम्बा चैत्य स्तुपामा चट्याङ, लाखौको क्षति

चट्याङले गुम्बा तथा घरमा पुर्र्याको क्षतिका भागहरु

ओखलढुङ्गान्युज, बैशाख ११ । ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा नं। ७ थोलेदेम्बामा रहेको मुक्ति मण्डला गुम्बा चैत्य स्तुपामा परेको चट्याङले लाखौको क्षति क्षति पु¥याएको छ । गत बैशाख ८ गते शुक्रबार साँझ पानीसँगै परेको चट्याङले गुम्बा र आसपासका घरमा समेत क्षति पु¥याएको हो ।

चट्याङ लागेर भर्खरै निर्माण सम्पन्न भएको गुम्बाको झ्यालको सिसा, माथिल्लो टप र विचको भाग तथा सिढिमा क्षति पुगेको छ । त्यस्तै गुम्बा र नजिकको घरमा प्रयोग गरिएको सोलार विद्युतका तारहरु पूर्ण रुपमा जलेर क्षति भएको त्यहाँवाट दावा एग्रो टुरजिम प्रालिका सञ्चालक आङ्दावा शेर्पाले जानकारी दिए ।

शेर्पाका अनुसार चट्याङ लागेर गुम्बाको नजिकै छेउमा ठूलो खाडल परेको छ । चट्याङ लागेर केकति क्षति भयो भनेर विस्तृत विवरण आएको छैन । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालयले भने प्रहरीमा कसैलेपनि केहि खबर नगरेको बताएको छ ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गुम्बामा पुगेको क्षतिको बारेमा तस्विरहरु सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले खोजी गरेको छ । चट्याङ परेको बेला गुम्बामा कोहि नभएको र गुम्बाका सञ्चालक पनि हाल काठमाण्डौं भएको बुझिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए । गुम्बा सञ्चालक काठमाण्डौंवाट फर्किए पछि आधिकारीक बुझ्न जाने कुरा भएको पनि प्रहरी निरीक्षक दासले बताए ।