नेपाली समय Loading...२०८१ जेष्ठ ६ आईतवार

उपनिर्वाचन २०८० ः बारामा घण्टी चौथो

ओखलढुङ्गान्युज, बैशाख ११ बैशाख १० गते भएको उपनिर्वाचन अन्तर्गत बारा जिल्लामा पनि मतगणना सुरुवात भएको छ । विहान ११ बजेवाट सुरुवात गर्ने भनिएको मतगणना अपरान्ह १ बजेवाट मात्र सुरुवात भएको हो ।

मतगणनामा तनहँुमा सबै राजनितिक दलको मनमा घण्टी बजाएको राष्ट्रिय स्वतन्त्र पार्टीले बारा जिल्लामा भने जनताको मन जित्न नसकेको पाईएको छ । बारामा प्रथम चरणको मतगणना सार्वजनिक हुदा घण्टी अर्थात राष्ट्रिय स्वतन्त्र पार्टी तेश्रो स्थानमा देखिएको छ ।

सार्वजनिक मतपरिणाम अनुसार बारा जिल्लाको क्षेत्र नं. २ मा जनता समाजवादी पार्टीले अग्रता लिएको छ । जनता समाजवादीका उपेन्द्र यादवले बारामा २२४ मत पाएका छन् । त्यस्तै जनमत पार्टीका शिवचन्द्र कुशवाहले १७०, एमालेका पुरुषोत्तम पौडेलले १६६ र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत पाएका छन् ।

मतगणना जारी छ । अब केहि बेरमा नै चितवनको पनि मतगणना सुरुवात हुदैछ ।