नेपाली समय Loading...२०८१ जेष्ठ ६ आईतवार

रास्वपाका वाग्ले थप मतान्तर बढाउदै, बारा र चितवनमा पनि मतगणना सुरु

ओखलढुङ्गान्युज, बैशाख ११ । राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार स्वर्णिम वाग्लेले  तनहुँ १ मा आफ्नो प्रतिद्वन्द्वीसँगको मतान्तरलाई थप फराकिलो बनाएका छन् । अपरान्ह १ बजेर ४५ मिनेट जादाको पछिल्लो सार्वजनिक मतपरिणाम अनुसार तनहुँमा १ मा वाग्लेले १३ हजार ७४९ मत पाएका छन् ।

सार्वजनिक भएको मतगणनाको परिणाम अनुसार वाग्लेका निकटतम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले ८ हजार ३७ मत पाएका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार सर्वेन्द्र खनालले  ४ हजार ३९४ मत प्राप्त गरेका छन्।

मतगणना जारी छ । यहि स्पिडमा मतगणना भएमा मंगलबार विहानसम्ममा अन्तिम मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ ।

त्यस्तै बारा जिल्लामा पनि मतगणना सुरुभएको छ । विहान ११ बजेवाट सुरु गर्ने भनिएको मतगणनामा केहि प्राविधिक समस्याका कारण अपरान्ह १ बजेवाट सुरुवात भएको हो । चितवनमा पनि मतगणनाको कार्य सुरु भएको छ ।