नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

उपनिर्वाचन २०८० : तनहुँमा दौडिए स्वर्णिम वाग्ले

ओखलढुङ्गान्युज, बैशाख ११ करीब १३ हजार मतगणना सम्पन्न हुदा तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता लिएका छन् । मतगणना तिब्र रुपमा अगाडी बढिरहदा वाग्लेले पनि आफ्ना प्रतिष्पर्धीहरुसँगको मतान्तरलाई बढाउदै गएका छन् ।

पछिल्लो सार्वजनिक भएको मतगणना अनुसार वाग्लेले ७ हजार २९६ मत पाएका छन् । त्यस्तै निकटतम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले ३ हजार २३५ मत पाएका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार १३४ मत प्राप्त गरेका छन्।

आइतबार भएको उपनिर्वाचनमा तनहुँमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । मंगलबारसम्ममा अन्तिम मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ ।

तनहुँ १ मा विभिन्न ९ राजनीतिक दलले उम्मेदवार चुनावी मैदानमा रहे पनि नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।