नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

आज लिखु गाउँपालिकामा सार्वजनिक विदा

ओखलढुङ्गान्युज, बैशाख ५ । जिल्लाको लिखु गाउँपालिकाले आज पालिका क्षेत्र भित्र स्थानीय सार्वजनिक विदा दिएको छ । 

बैशाख ५ र ६ गते पालिकाको वडा नं. ९ पोकलीमा सुनुवार समुदायको सास्कृतिक (कोइच) महोत्सब सञ्चालन हुँदै छ । महोत्सवलाई सफल पार्न गाउँ पालिकाको पनि योगदान र सहभागिता हुनुपर्ने तथा जनमास सहभागिता हुनुपर्ने भएकाले कार्यालयको सेवा प्रवाहमा हुने असरलाई मध्यनजर गर्दै गाउँपालिकाले आज एकदिन स्थानीय सार्वजनिक विदा दिएको जनाएको छ ।

पोकलीमा मंगलबार र बुधबार दुई दिन सुनुवार समुदायको विभिन्न सांस्कृतिक रिती रिवाज, भाषा, परम्परा झल्काउने महोत्सव सञ्चालन हुदैछ । पालिकामा महोत्सव आयोजना भएकोले महोत्सवलाई सफल पार्न स्थानीय सरकार सञ्चालन ऐनलाई टेकेर पालिकाले पालिका क्षेत्र भित्र आज एकदिन सार्वजनिक विदा दिएको जनाएको छ । गाउँपालिकाले सार्वजनिक गरेको सुचना अनुसार आज पालिका क्षेत्र भित्रका सबै सरकारी सेवा प्रदायक कार्यालयहरु‌ बन्द रहनेछन् ।

गाउँ पालिकाले जारी गरेको सुचना :