नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

सिन्धुलीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना, चारको मृत्यु

ओखलढुङ्गान्युज २९ चैत, सिन्धुली गएराति सिन्धुलीमा भारतीय नम्बर प्लेट भएको कार दुर्घटना हुदा कारमा सवार चार जनाको मृत्यु भएको छ । बिपी राजमार्गअन्तर्गत सिन्धुली जिल्लको कमलामाई नगरपालिका वडा नं. ३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको हो ।

मंगलबार राति साढे १२ बजे तिर बी आर ०६ डिडी ०६८७ नम्बर भएको भारतीय नम्बरप्लेटको कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । दुर्घटनामा परि मृत्यु हुनेहरुमा चारैजना पुरुष रहेका छन् । दुर्घटनामा परेका मध्ये तीनजनाको घटनास्थलमा नै र एक जनाको उपचारका क्रममा सिन्धुली जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक दाहालले दाहालले जानकारी दिए ।

दुर्घटनामा परि थप एक जना पुरुष भने घाइते भएका छन् ।  उनलाई उपचारका लागि धुलिखेल पठाइएको प्रहरी नायव उपरीक्षक दाहालले जानकारी दिए । यो समाचार तयार पार्दासम्म घाईते तथा मृतक कसैको पनि पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।