नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

ओखलढुङ्गाको मोलुङ दोभानमा एक पुरुष मृत भेटिए

ओखलढुङ्गान्युज । २१ चैत, ओखलढुङ्गा । जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. १ बलखुमा पर्ने मोलुङ दोभान सुनकोशी किनारमा मंगलबार विहान एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

मृत फेला परेका पुरुष सुनकोशी गाँउपालिका वडा नं. १ बलखु बस्ने मंगलजित राईको छोरा अन्दाजी बर्ष ५४ को नुन बहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । मृतक राई गत चैत ७ गते देखि घरबाट नै हराई बेपत्ता भएका थिए । बेपत्ता भएको झण्डै दुई हप्ता पछि राई मृत भेटिएका हुन् ।

नदी किनारमा शब भेटिएपछि घटनास्थलमा नजिकै रहेको प्रहरी चौकी हर्कपुरबाट प्रहरीको टोली पुगेको छ । घटनास्थलमा पुगेको प्रहरीले आवश्यक कानूनी प्रकृया पुरा गरि शब पोष्टमार्टमका लागि पठाउने तयारी गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।