नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

ओखलढुङ्गामा एक किशोर मृत भेटिए

ओखलढुङ्गान्युज । १६ चैत, ओखलढुङ्गा । जिल्लाको खिजिदेम्बा गाउँपालिकाका एक किशोर मृत फेला परेका छन् । गत तीन दिनअघि (सोमबार) घरबाट माछा मार्न भनेर हिँडेका खिजिदेम्बा गाउँपालिका ६ तनारीका युवराज सुनुवार मृत फेला परेका हुन् ।

स्थानीय जीवन सुनुवारका १६ वर्षीय छोरा युवराज सुनुवार‍ दहमा डुबेको अवस्थामा बिहीबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । 

शोमबार देखि किशोर बेपत्ता भएपछि आफन्तले बुधबार ईलाका प्रहरी कार्यालय खिजिफलाटेलाई छोरा घर फर्की नआएको जानकारी गराएका थिए । त्यसपछि प्रहरीले स्थानीय र आफन्तले सहयोगमा संयुक्त रुपमा खोजी गर्ने क्रममा दुब्ले फलाँटे खोलाको दहमा डुबिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।