नेपाली समय Loading...२०८१ जेष्ठ २ बुधबार

गाडी दुर्घटना अपडेट: मृतकको संख्या ६ पुग्यो, २५ जना घाईतेको पहिचान 

ओखलढुङ्गान्युज । २८ फागुन, ओखलढुङ्गा । आइतबार विहान सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकामा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटना स्थलमा सुरुमा ५ जनाको मृत्यु भएको प्रहरीले बताएको थियो ।

सुरुमा ५ जनाको शब फेला परेपनि उद्दारको क्रममा थप एकजनाको शब फेला परेको इलाका प्रहरी कार्यालय सिन्धुली खुर्कोटका प्रमुख, प्रहरी निरीक्षक राजेश शाक्यले जानकारी दिए । 

प्रहरी निरीक्षक शाक्यका अनुसार मृत्यु हुनेहरुमा ३ महिला र ३ पुरुष रहेका छन् । मृतक मध्ये एक गाडीको सहचालक भएको खुलेपनि उनको अन्य नाम, थर र वचन खुलेको छैन । अन्य ५ जनाको भने केहि पहिचान खुल्न सकेको छैन ।

यो समाचार तयार पार्दासम्म मृतक सबैको शब घटनास्थलमा नै रहेको छ । शबलाइ लिन शब बाहन आउदै गरेको र पोष्ट मार्टमका लागि शब सिन्धुली सदरमुकामा रहेको जिल्ला अस्पतालमा पठाउने तयारी भइरहेको पनि घटानास्थलबाट प्रहरी निरीक्षक शाक्यले जानकारी दिए ।

दुर्घटनामा परि घाइते भएकाहरुको हाल खुर्कोटको विभिन्न अस्पतालहरसमा उपचार भैरहेको छ । खुर्कोटमा नै उपचार हुन सक्नेहरुको उपचार भै रहेको उपचार हुन नसक्नेहरुलाई एम्बुलेन्स मार्फत काठमाडौँ पठाइदै गरेको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटका कोषाध्यक्ष तारा श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार एम्बुलेन्समा लान नसकिने अबस्थामा रहेका तिनजना बिरामीहरुलाई भने काठमाडौँ लैजान हेलिकोप्टर झिकाइएको छ ।

आइतबार विहान ओखलढुङ्गाको रुम्जाटारबाट काठमाडौँका लागि छुटेको बा ५ ख ६५९६ नम्बरकाे बस सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका ४ कुइभिर भन्ने स्थानमा दुर्घटना भएको थियो । तिब्र गतिमा रहेको बसको ब्रेक फेल भएपछि दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

घाइते हुनेहरुको विवरण 

१. एकराज तामाङ, मोलुङ ५

२. तेज कुारी श्रेष्ठ, सिद्धिचरण नगरपालिका ४

३. खेम प्रसाद दाहाल, सिद्धिचरण नगरपालिका ५

४. पुकार राइ, मानेभञ्ज्याङ ४

५. अर्पणा राइ, मानेभञ्ज्याङ ४

६. निरु चौधरी, बर्दिया (आर्मी)

७. शान्ता सेन्चुरी, सोलुखुम्बु, जुगु

८. भानुलक्ष्मी गिरी, सिद्धिचरण नगरपालिका १२

९. एक बहादुर राइ, चिशंखुगढी ७, माम्खा

१०. लोक बहादुर विश्वकर्मा, मोलुङ ६

११. राजकिशोर महाराज चमार, महोत्तरी

१२. राजेश राना तनहुँ (आर्मी)

१३. ज्योती प्रजापती, सुर्यविनायक भक्तपुर

१४. शारदा श्रेष्ठ, महालक्ष्मी नपा काठमाडौँ

१५. धुर्व भुजेल, सिद्धिचरण नपा ४, रुम्जाटार

१६. दिपासेर राइ, मानेभञ्ज्याङ ६

१७. भुपेन्द्र धमला, मानेभञ्ज्याङ ७

१८. ढुण्डिराज सुनुवार, फिक्कल गाउँपालिका सिन्धुली

१९. राजन बस्नेत, सिद्धिचरण नपा ९

२०. एलिसा गिरी, कनपा १३, सिन्धुली

२१. प्रदिप सुवेदी, कनपा १३, सिन्धुली 

२२. दिविना राइ, मानेभञ्ज्याङ ४

२३. मिसन राइ, मानेभञ्ज्याङ ४

२४. लेख बहादुर भुजेल, सोलुदुधकुन्ड नपा

२५. सुनिता श्रेष्ठ, सिद्धिचरण नपा ४