नेपाली समय Loading...२०८१ जेष्ठ २ बुधबार

ओखलढुङ्गाबाट काठमाडौँ जादै गरेको गाडी दुर्घटना, कम्तीमा ५ को मृत्यु, २४ घाइते

ओखलढुङ्गान्युज । २८ फागुन, ओखलढुङ्गा । आइतबार विहान ओखलढुङ्गाको रुम्जाटारबाट काठमाडौँ हिडेको बस दुर्घटना भएको छ । बस दुर्घटनामा परि बसमा सवार कम्तीमा ५ जनाको मृत्यु भएको छ भने २४ जना घाईते भएका छन् ।

रुम्जाटारबाट काठमाडौँका लागि छुटेको बा ५ ख ६५९६ नम्बरकाे बस सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका ४ कुइभिर भन्ने स्थानमा दुर्घटना भएको हो । तिब्र गतिमा रहेको बसको ब्रेक फेल भएपछि दुर्घटना भएको बसमा सवार घाइते यात्रुहरुले बताएका छन् । 

बसबाट ५ जनाको शब र २४ जना घाईते निकालिएको सिन्धुली खाङसाङ प्रहरीले जनाएको छ । घाइतेहरुको उद्धार गरि उपचारकालागि पठाइएको प्रहरीले जनाएको छ । मृतकहरुको पहिचान हुन सकेको छैन । शब भने घटनास्थलमै रहेको पनि प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य यात्रु समेत चेपिएर रहेको हुन सक्ने आशंकामा प्रहरी र स्थानीयले उद्दार कार्य जारी राखेका प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको अबस्था गम्भिर रहेकोले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।