नेपाली समय Loading...२०८१ जेष्ठ ३ बिहीबार

गाम्नाङ्गटारमा आगलागी हुदा दुईघर जलेर नष्ट, ३० लाखको क्षति

तस्विर : सामाजिक सन्जाल

ओखलढुङ्गान्युज । २६ फागुन, ओखलढुङ्गा । शुक्रबार दिउँसो आगलागी हुदा गामनाङ्गटारमा दुईघर जलेर नष्ट भएको छ । शोमबार दिउँसो २ बजेतिर लिखु गाँउपालिका वडा नं. ७ गाम्नाङ्गटारको गुरुङडाँडा भन्ने स्थानमा आगलागी हुदा स्थानीय अमर बहादुर गुरुङको दुईवटा घर जलेर पूर्ण रूपमा नष्ट भएको हो ।

आगलागीका कारण गुरुङको ढुङ्गा, माटोले बनेको ढुङ्गाको छानो भएको ३ तले घर र भुकम्प प्रतिरोधात्मक  १ तले ढुंगा माटोले बनेको टिनको छानो भएको घर जलेर नष्ट भएको हो । ढुङ्गाको छानो भएको तिनतले घरको चुलोमा  बालेको आगो फुक्ने क्रममा अचानक आगो सल्कन गई  उक्त घरहरु क्षति भएको पाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

गुरुङको घरमा भएको आगलागीबाट घरमा भएको खाद्यान्न, लत्ताकपडा, नगद, गरगहना सहित ३० लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

आगलागीका कारण घरमा बाँधेर राखेको तिनवटा माउ बाख्रा समेत जलेर मरेका छन् । स्थानीयहरुको सक्रियतामा करिब चार घण्टा पछि आगो पुर्णरुपमा नियन्त्रणमा आएको थियो ।