नेपाली समय Loading...२०८१ जेष्ठ २ बुधबार

सुनकोशीमा संस्थापक पालिका अध्यक्ष उपाध्यक्ष सहित विभिन्न व्यक्तित्वहरु सम्मानित

सम्मानित हुदै सुनकाशी गाउँपालिकाका संस्थापक अध्यक्ष रुद्रप्रसाद अधिकारी

ओखलढुङ्गान्युज २६ फागुन, मुलखर्क सुनकोशी गाउँपालिकाले गाउँपालिकाका संस्थापक अध्यक्ष रुद्रप्रसाद अधिकारी, उपाध्यक्ष दुर्गामाया तामाङलाई सम्मानित गरको छ । ११३ औं अन्तराष्ट्रिय महिला दिवस २०७९ को अबसर पारेर गाउँपालिकाले उहाँहरुलाई सम्मानित गरेको हो ।

सम्मानित हुदै सुनकाशी गाउँपालिकाका संस्थापक उपाध्यक्ष दुर्गामाया तामाङ

महिला दिवसको अबसर पारेर संस्थापक अध्यक्ष अधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कमल तामाङले ढाकाटोपी लगाइदिएका थिए । त्यस्तै उपाध्यक्ष तामाङलाई विशेष अतिथि ओखलढुङ्गा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले दोसल्ला ओढाईदिनु भएको थियो । सम्मानित भएका दुवै व्यक्तित्वहरुलाई प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारी र उपाध्यक्ष सुनिता अधिकारीले सम्मानपत्र प्रदान गरेका थिए ।

गाउँपालिकाका प्रमुख तथा उत्कृष्ट महिलालाई पनि सम्मान

महिला दिवसको अबसर पारेर गाउँपालिकाले सुनकोशी गाउँपालिका भित्र रहेका माद्यमिक विद्यालयहरुमा व्यबस्थापन समिति अध्यक्ष बन्न सफल पहिलो महिला सुष्मा राई (पञ्चकन्या मावि सिस्नेरी) लाई पनि सम्मानित गरेको छ । आधारभूत विद्यालय तर्फ अल्पसंख्यक समुदायवाट अध्यक्ष बन्न सफल पहिलो एकल महिला सुष्मा माझी (जनचेतन आवि सिस्नेरी) तथा सामुदायीक विद्यालयहरुबाट उत्कृष्ट महिला शिक्षक बन्न सफल कालिका मावि सिस्नेरीका देव कुमारी कटवाललाई पनि गाउँपालिकाले सम्मानित गरेको छ ।

सम्मानित भएका अविवाहित एकल महिलाहरु

महिला दिवसको अबसर पारेर गाउँपालिकाले पालिका भित्रका ३९ जना एकल महिलाहरुलाई पनि दोसल्ला तथा नगद सहित सम्मानित गरेको छ ।

महिला दिवसको अबसरमा आयोजित लोकगितमा बलखु प्रथम

महिला दिवसको अबसर पारेर गाउँपालिकाले माद्यमिक विद्यालय स्तरिय बक्तृत्वकला तथा वडा स्तरिय आमा समूह सञ्जाल स्तरिय लोकगित प्रतियोगिताको समेत आयोजना गरेको थियो । गाउँपालिकाको आयोजनामा मुलखर्कमा भएको लोकगित प्रतियोगितामा देशको समसामयीक विषयहरुलाई समेटेर प्रस्तुत गरेका थिए । उनीहरुले गित मार्फत देशमा महिला नेतृत्वहरु पनि भएको भन्दै त्यस्तै बन्न अन्य नारीहरुलाई सुझाएका थिए ।

गितको माध्यम मार्फत देशमा बलात्कार, अपहरण र हत्याको केश बढिरहेको भन्दै त्यसमा चिन्ता व्यक्त गरेका थिए । हत्या तथा बलात्कार जस्तो जघन्य अपराधमा पनि दोषिहरु धरौटीमा रिहाई भैरहेको भन्दै उनीहरुलाई कडा कार्बाही हुनुपर्ने माग गरेका थिए । दोषीहरु धरौटीमा रिहाई भै बस्ने हो भने लैङ्गिक हिंसाका घटना तथा अपराधहरु अझ बढ्ने उनीहरुको चिन्ता थियो ।

लोकगित प्रतियोगितामा आमा समूह सञ्जाल सुनकोशी १ बलखु प्रथम, आमा समूह सञ्जाल सुनकोशी ८ च्यानम दोश्रो, आमा समूह सञ्जाल सुनकोशी ३ सिस्नेरी तेश्रो र आमा समूह सञ्जाल सुनकोशी ७ ले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

त्यस्तै माद्यमिक विद्यालय स्तरिय बक्तृत्वकला प्रतियोगितामा प्रबुद्ध मावि च्यानमकी सुनिता सापकोट प्रथम, चौतारा मावि डाँडाखर्कका अनुषा खत्री द्वितिय, कालिका मावि सिस्नेरीका जुना राई तृतिय र कटुञ्जे मावि कटुञ्जेका एलिन्सा श्रेष्ठले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

विजेता बनेका लोकगित तथा बक्तृत्वकलाका विजयीहरुलाई कार्यक्रमका प्रमुख अतिथिहरुले र अतिथिहरुले पुरस्कार स्वरुप नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए ।