नेपाली समय Loading...२०८१ जेष्ठ ३ बिहीबार

एसईईमा जिल्लामै उत्कृष्ट अंक ल्याउने छात्रा राई सुनकोशीमा सम्मानित

ओखलढुङ्गान्युज २६ फागुन, मुलखर्क एसईई परीक्षामा जिल्ला कै उत्कृष्ट अंक ल्याउने कालिका मावि सिस्नेरीकी छात्रा सुष्मिता राईलाई सुनकोशी गाउँपालिकाले सम्मानित गरेको छ । ११३ औं अन्तराष्ट्रिय महिला दिवसको अबसरमा मुलखर्कमा आयोजित सार्वजनिक कार्यक्रममा राईलाई सम्मानित गरिएको हो ।

शैक्षिक सत्र २०७८ मा जिल्ला मै सामुदायीक विद्यालयमा छात्रा तर्फ उत्कृष्ट अंक ल्याउन सफल भएकी राईलाई गाउँपालिकाले नगद सहित सम्मानित गरेको हो । पछिल्लो समय सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर घट्दै गैरहेको भन्ने गुनासो आईरहेको बेलामा सामुदायीक विद्यालयमा रहेर मेहनत गरेर अध्ययन गर्दा पनि उत्कृष्ट हुन सकिन्छ भन्ने प्रमाण राईले दिएको गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले बताईन् ।

सामुदायीक विद्यालय तर्फ उत्कृष्ट अंक ल्याएको तथा सामुदायीक विद्यालयमा अध्ययन गरेर पनि उत्कृष्ट अंक ल्याउन सकिन्छ भनेर अन्य बालबालिकाहरुलाई पनि प्रोत्साहन होस् भनेर गाउँपालिकाको तर्फवाट सम्मानित गरेको हो । अन्य बालबालिकालाई उदाहरण दिदै राईलाई प्रोत्साहन स्वरुप नगद ५ हजार सहित दोसल्ला र प्रमाणपत्रका साथ सम्मान गरेको सुनकोशी गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले बताईन् ।