नेपाली समय Loading...२०८१ जेष्ठ २ बुधबार

शी लिड्स परियोजनाका दुइ कर्मचारी सुनकोशीमा सम्मानित

ओखलढुङ्गान्युज । २४ फागुन, मुलखर्क । ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सुनकोशी गाउँपालिकाले ओखलढुङ्गामा सञ्चालित शीलिड्स परियोजना तथा कर्मचारीहरुलाई सम्मान गरेको छ ।

आज मुलखर्कमा आयोजित एक कार्यक्रममा दलित महिला केन्द्र नेपाल तथा केन्द्र द्वारा संचालित शीलिड्स परियोजनाका ओखलढुङ्गा-खोटाङ जिल्ला अनुगमन मुल्यांकन अधिकृत बुना विक तथा ओखलढुङ्गा जिल्ला प्रशिक्षक मैया राईलाई गाउँपालिकाले सम्मान गरेको हो । गाउँपालिकाले विक र राईलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मानित गरेको हो ।

दलित महिला केन्द्र नेपालद्वारा सञ्चालित शीलिड्स परियोजना करिब तिन वर्ष देखि ओखलढुङ्गामा सञ्चालनमा रहेको छ । परियोजना सुनकोशी गाउँपालिकामा पनि लागु भएपछि गाउँपालिकाका निर्वाचित दलित तथा महिला जनप्रतिनिधिहरुको क्षमता विकासमा उच्च योगदान पुर्याएकोले सम्मान गरिएको सुनकोशी गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले बताइन् ।

गाउँपालिकाले सम्मानित गरेपछि महिला तथा दलित जनप्रतिनिधिहरुको क्षमता विकासको क्षेत्रमा काम गर्न प्रोत्साहनसँगै थप जिम्मेवारी थपिएको महशुस गरेको परियोजनाका अनुगमन मुल्यांकन अधिकृत विकले बताइन् ।