नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

चट्याङले ओखलढुङ्गामा एक गर्भवती महिला सहित दुई घाइते

ओखलढुङ्गान्युज । १५ फागुन, ओखलढुङ्गा । जिल्लाको खिजिदेम्बा गाउँपालिकामा चट्याङले लागेर एक गर्भवती महिला सहित दुईजना घाइते भएका छन् । आइतबार साँझ ६ बजेर ३० मिनेटमा सामान्य बर्षासँगै परेको चट्याङले उनीहरू घाइते भएका हुन् ।

घाइते हुनेहरुमा खिजिदेम्बा गाउँपालिका वडा नं. ७ रावादोलुका बिशाल ढुङ्गेलका श्रीमती बर्ष २१ की गर्भवती प्रमिला बस्नेत (ढुङ्गेल) र उनकी बहिनी बर्ष १५ की निसिता बस्नेत रहेका छन् । आइतबार साँझ घरमा बसीरहेको अबस्थामा चट्याङले लागेर उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

घटनापछि उनीहरुलाई उपचारका लागि नजिकैको स्वास्थ्य चौकीमा लगिएको थियो । चट्याङले घाइते भएकी गर्भवती प्रमिला बस्नेत (ढुङ्गेल) को दुबै खुट्टा सामान्य जलेको तथा बोल्न नसक्ने र अर्की घाइते निसिता बस्नेतको अबस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

चट्याङले घाइते बस्नेत (ढुङ्गेल) गर्भवती रहेको र स्वास्थ्यमा सुधार नआएपछि दुवैजनालाई शोमबार विहान थप उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक दासले जानकारी दिए