नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

सुनकोशी : दोश्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी प्रबुद्ध माविलाई 

ओखलढुङ्गान्युज । १४ फागुन, च्यानम । सुनकोशी गाउँपालिकामा सञ्चालन भएको पालिका स्तरीय दोश्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी नमूना स्कुल प्रबुद्ध माविले जितेको छ । फागुन ११ गते देखी सञ्चालन भएको उक्त प्रतियोगितामा होम ग्राउण्डको फाईदा लिदै प्रबुद्ध माविले शिल्ड जितेको हो ।

तीनदिन सम्म सञ्चालन भएको प्रतियोगिताको समग्र खेलमा प्रबुद्ध मावि च्यानमले ५२‌ स्वर्ण, ४ रजत, १४ कास्य जित्दै ७० पदक सहित प्रथम भएको छ । त्यस्तै दोस्रो भएको सुनकोशी मावि बलखुले सुनकोशी मावि बलखुले ९ स्वर्ण स्वर्ण, १ रजत र ४ कास्य सहित १४ पदक जितेको छ।

तेश्रो भएको कालिका मावि सिस्नेरीले ७ स्वर्ण, ६ रजत र १४ कास्य सहित २७ पदक जितेको छ । त्यसैगरि बलखु मावि बलखुले ५ स्वर्ण, २२ रजत र २ कास्य सहित २९ पदक जितेको छ । पन्चकन्या मावि सिस्नेरी १ स्वर्ण, दामती मावि पारा मुलखर्कले ११ रजत ४ कास्य जितेको छ । 

भलिवलको फाइनल प्रवेश टीम

त्यस्तै चौतारा मावि मुलखर्कले १० रजत, २ कास्य, कालिका मावि कोशभन्ज्याङले ६ रजत, १ कास्य, आरुभन्ज्याङ मावि दिपसिङले २ रजत, ९ कास्य, जगत जननी मावि मानेडाडा च्यानमले १ रजत ११ कास्य, कटुञ्जे मावि कटुञ्जे १ रजत १० कास्य र कुशादेवी मावि कटुञ्जे २ कास्य जित्ने सफल भएको छ । 

विजेता भएका विद्यालय तथा विद्यार्थीहरुलाई गाउँपालिकाका अध्यक्ष कमल तामाङ, उपाध्यक्ष सुनिता अधिकारी, संस्थापक गाउँपालिका अध्यक्ष रुद्र प्रसाद अधिकारी लगायतका अतिथिहरुले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । 

छात्र तर्फ कबड्डीको फाइनल प्रवेश टीम

शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण कार्यक्रममा सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष तामाङले रनिङ शिल्ड प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने र त्यसका लागि गाउँसभा मार्फत बजेटको व्यबस्थापन गर्ने प्रतिवद्धता जनाए । उनले आगामी दिनहरुमा पनि प्रतियोगिता निरन्तर सन्चालन गर्ने र गाउँपालिकाबाट छनौट भएका खेलाडीहरुले जिल्लामा गएर छनौट खेल खेल्न पाउनु पर्ने बताए ।

गाउँपालिका अध्यक्ष तामाङले पालिकामा हुने रनिंगशिल्ड प्रतियोगितामा सहभागी हुने गाउँपालिका भित्र रहेका विद्यालयका विद्यार्थीहरुको जर्सीमा एकरुपता कायम गर्न आगामी दिनमा गाउँपालिकाले बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।

रनिङशिल्ड प्रतियोगितालाई रनिंगशिल्ड जस्तै गरि सन्चालन गर्न छुट्टै शिल्डको ब्यबस्थापन गर्न रेफ्री नारायणकाजी राइले गरेको अनुरोध अनुसार ब्यबस्था गर्ने समेत अध्यक्ष तामाङले प्रतिबद्धता जनाएका छन् । आगामी दिनमा हुने राष्ट्रपति रनिंगशिल्ड प्रतियोगितामा हुने कबड्डी प्रतियोगिताका लागि छुट्टै इन कबर्ड हलको ब्यबस्था गर्ने समेत अध्यक्ष तामाङले प्रतिबद्धता जनाएका छन् ।