नेपाली समय Loading...२०८१ जेष्ठ २ बुधबार

लिखुमा एक बृद्ध महिला मृत फेला

ओखलढुङ्गान्युज । ११ फागुन, यसम । जिल्लाको लिखु गाउँपालिका वडा नं ८ टारकेराबारीमा एक बृद्ध महिला मृत अवस्थामा भेटिएकी छन् । मृत फेला पर्नेमा लिखु गाउँपालिका वडा नं ८ टारकेराबारीको सानीमझुवा बस्ने बर्ष ७० की मैया सार्की रहेकी छन् ।

मृतक सार्की १० गते बुधबार विहान टारकेराबारी कै डाँडाखर्क भन्ने स्थानमा रहेको छोरीको घरमा गएकी थिइन् । छोरीको घरबाट उनी अपरान्ह ४ बजेतिर घर फर्केकी थिइन् । तर साँझ ६ बजेसम्म पनि सार्की घर नआएपछी घरपरिवारले उनको खोजी गरेको थियो । 

खोजी गर्ने क्रममा सोहि स्थानको कालीपानी खोल्सीमा बाटो भन्दा करीब १० मिटर तल उनी मृत फेला परेका जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । प्रहरी निरीक्षक दासका अनुसार घटनाबारे जानकारी हुनासाथ प्रहरी चौकी गाम्नाङ्टारबाट प्रहरीको टोली घटनास्थमा पुगेको छ ।

घटनास्थलको अबस्था अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमाण्डमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । घटनाको बारेमा विस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।