नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

मोलुङमा दोस्रो राष्ट्रपति रनिंगशिल्ड खेलकुद प्रतियोगिता सुरु

ओखलढुङ्गान्युज । ६ फागुन, रामपुर । मोलुङ गाउँपालिकामा गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । शनिवार देखि सुरुवात भएको खेलकुद प्रतियोगिताको मोलुङ गाउँपालिकाका अध्यक्ष उत्तम कुमार राईले उद्घाटन गरे ।

प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष राइले खेलले भावनात्मक एकता कायम गर्नुका साथै आफुलाई स्वस्थ राख्ने बताए । खेलकुदले मानिसलाई स्वस्थ्य फुर्तिलो बनाउने भएकाले नयाँ कामका लागि उर्जा समेत प्राप्त हुने बताए । आफ्नो कार्यकाल भरि विभिन्न प्रतियोगिताका उत्कृष्ट खेलाडी उत्पादन गर्ने गरि मोलुङ गाउँपालिकाबाट बजेट विनियोजन गर्ने समेत प्रतिबद्धता जनाए ।

आजदेखि सुरु भएको प्रतियोगितामा मोलुङ गाउँपालिकाका १० वटा माद्यमिक विद्यालयहरुले सहभागिता जनाएका छन् । प्रतियोगिता फागुन ८ गतेसम्म सञ्चालन हुनेछ । खेलकुद प्रतियोगितामा खेलाडीहरुलाई सहभागिता गराएको भएपनि खेलकुद व्यबस्थापनका लागि बजेटको अभाबका कारण सबै इभेन्टमा सहभागिता जनाउन नसकेको विद्यालयहरुले जनाएका छन् । प्रतियोगिता मोलुङ गाउँपालिका वडा नं. २ मा रहेको बरुणेश्वर माविको खेलमैदानमा सन्चालन भैरहेको छ ।

मोलुङ गाउँपालिकासँगै जिल्लाको सिद्धिचरण नगरपालिका र मानेभञ्ज्याङ गाउँपालिकामा पनि आजै देखि राष्ट्रपति रनिंगशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता फागुन ८ गतेसम्म सञ्चालन हुनेछ ।