नेपाली समय Loading...२०८१ जेष्ठ १ मंगलवार

चिशंखुगढी दोश्रो अध्यक्षकप भलिवल प्रतियोगितामा मोलुङ तेश्रो

ओखलढुङ्गान्युज फागुन, चिशंखुगढी चिशंखुगढी गाउँपालिकामा जारि दोश्रो अध्यक्षकप भलिवल प्रतियोगितामा तेश्रो स्थानका लागि भएको खेलमा मोलुङ गाउँपालिका विजयी भएको छ । शुक्रबार भएको खेलमा आफ्नो प्रतिद्वन्द्व ऐसेलुखर्क गाउँपालिकालाई प्रतिष्पर्धात्मक खेलमा ३–२ सेटमा हराउदै मोलुङ गाउँपालिका तेश्रो भएको हो ।

प्रतियोगितामा तेश्रो हुदै मोलुङ गाउँपालिकाले नगद रु ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै खेलमा मोलुङसँग हारेर चौथो बनेको ऐसेलुखर्क गाउँपालिकाले नगद रु ३३ हजार ३ सय ३३ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरको छ ।

शुक्रबार तेश्रो स्थानका लागि भएको निकै प्रतिष्पर्धात्मक खेलमा मोलुङ गाउँपालिकाले खोटाङको ऐेसेलुखर्क गाउँपालिकालाई २५–२१, १७–२५, १९–२५, २५–९ र १५–११ को सेटमा पराजित गरेको हो । गत फागुन १ गतेदेखि जारि भलिवल प्रतियोगिता आज समापन हुदै छ ।