नेपाली समय Loading...२०८१ जेष्ठ १ मंगलवार

ओखलढुङ्गामा शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध छु : डिएसपी के.सी.

ओखलढुङ्गान्युज फागुन, ओखलढुङ्गा ओखलढुङ्गामा नयाँ सरुवा भएर जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न दिपक बहादुर के.सी. आईपुगेका छन् । जिल्लाको जिम्मेवारी सम्हालेका जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक के.सी.ले ओखलढुङ्गामा शान्ति सुरक्षा कायम गर्नका लागि प्रतिबद्धता जनाएका छन् ।

आज जिल्ला प्रहरी कार्यालयमा पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा प्रहरी नायव उपरीक्षक के.सी.ले प्रदेश नं. १ का अन्य जिल्लाहरुको तुलनामा शान्तिपूर्ण रहेको भएपनि केहि विषयहरु चुनौतीपूर्ण नै रहेको बताए । ओखलढुङ्गामा पछिल्ला दिनहरुमा वेपत्ता, बलात्कार जन्य घटना, आत्महत्या, लैङ्गिक हिंसा तथा सडक दुर्घटना जस्ता घटनाहरु बढिरहेको पाईएको बताउदै त्यसलाई नियन्त्रणका लागि आफुले योजना बनाएर अगाडी बढ्ने बताए ।

समाजमा हुने घटना तथा दुर्घटनाहरुलाई कम तथा नियन्त्रणका लागि पत्रकारहरुको भूमिका समेत महत्वपूर्ण हुने बताउदै के.सी.ले त्यसका लागि आफू सदैव तत्पर रहेको बताए । त्यसका लागि प्रहरीले समन्वय तथा सहजीकरणका लागि सदैव तयार रहेको बताउदै सहयोग गर्न समेत आग्रह गरे ।