नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

बुधबार झण्डै १४ अंकले घट्यो सेयर बजार

ओखलढुङ्गान्युज फागुन, काठमाण्डौं साताको पहिलो दिन देखी  नै निरन्तर ओह«ालो लागेको सेयर बजार बुधबार पनि घटेको छ । बुधबार सेयर बजार १३ दशमलब ९० अंकले घटेको बजार २ हजार ९१ दशमलब ५६ बिन्दुमा आएर रोकिएको हो ।

बुधबार भएको यो ० दशमलब ६६ प्रतिशतको गिरावट हो । आज बुधबार सबै समूहको शेयर ओरालो लागेको छ । बजारसँगै कारोबार रकम पनि घटेको छ । दुई सय ५६ वटा कम्पनीका ४८ लाख १५ हजार कित्ता शेयर एक अर्ब ७३ करोड २५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अपी पावर कम्पनीको छ करोड २० लाख रुपैयाँको शेयर किनबेच भयो ।

बुधबार सबैभन्दा धेरै होटल तथा पर्यटन उपसमूहका लगानीकर्ताले गुमाएका छन् । बुधबार युनिलिभर नेपाल लिमिटेडको मूल्य सबैभन्दा धेरै ८ दशमलब ५४ प्रतिशतले बढेको छ । यसको मूल्य २२ हजार रुपैयाँ पुगेको छ ।

आज गरिमा डिबेन्चर २०८५ को शेयर १० प्रतिशतले र विजय लघुवित्त र माहुली लघुवित्तको शेयर साढे चार प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै युनिलिभर नेपालको शेयर साढे आठ प्रतिशत र बाराही हाइड्रोको शेयर साढे सात प्रतिशतले बढेको छ ।