नेपाली समय Loading...२०८१ जेष्ठ १ मंगलवार

फागुन १ जनयुद्ध दिवस ः सार्वजनिक विदा

ओखलढुङ्गान्युज २९ माघ, काठमाण्डौं १० वर्षे सशस्त्र जनयुद्ध सुरु भएको दिन फागुन १ । फागुन १ लाई माओवादीहरुले जनयुद्ध दिवसका रुपमा मनाउने गरेका छन् । यसैदिन अर्थात जनयुद्ध दिवसका दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । नेपाल सरकारले पहिलो पटक फागुन १ लाई जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

२०५२ साल फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । जनयुद्धको जगमा नै नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो । गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए । करीब १० वर्ष सम्म भएको शशस्त्र जनयुद्धका क्रममा १७ हजार भन्दा बढिले ज्यान गुमाएका छन् भने हजारौ अहिलेसम्म पनि वेपत्ता छन् ।