नेपाली समय Loading...२०८१ जेष्ठ १ मंगलवार

चितवन २ मा बैशाख १० गते उपनिर्वाचन

ओखलढुङ्गान्युज २९ माघ, काठमाडौं रवि लामिछानेको सांसद पद खारेज भएको चितवन क्षेत्र नं. २ मा बैशाख १०, २०८० मा उपनिर्वाचन गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ । आइतबार दिउसो बसेको निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते प्रतिनिधिसभा सदस्यका लागि चितवन क्षेत्र नं. २ मा उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

गत मंसिर ४ गते भएको निर्वाचनमा उक्त क्षेत्रवाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निर्वाचित भएका थिए । तर, नेपाली नागरिकता त्यागेर अमेरिकन नागरिकता लिएको र पुनः नेपाली नागरिकता लिने प्रक्रिया पुरा नगरेको भनी सर्वोच्च अदालतले फैसला गरेपछि लामिछानेको पद खारेज भएको थियो ।

उपनिर्वाचन सम्बन्धी व्यवस्था प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६८ अनुसार निर्वाचन आयोगले उपनिर्वाचन गर्न लागेको हो । प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६८ मा ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिनेछ’ भन्ने कुराको उल्लेख छ ।