नेपाली समय Loading...२०८१ जेष्ठ २ बुधबार

ओखलढुङ्गाका डीएसपी खनालको काठमाडौं सरुवा, ओखलढुङ्गामा केसी आउने

ओखलढुङ्गान्युज । २० माघ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालको सरुवा भएको छ । खनालको नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग कार्य निर्देशनालय नक्साल काठमाडौंमा सरुवा भएको हो ।

ओखलढुङ्गाबाट खनालको सरुवा भएसँगै अब ओखलढुङ्गा जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न दिपक बहादुर के.सी. आउदैछन् । के.सी. बाग्मती प्रदेश प्रहरी गण, पोखरा कास्कीबाट सरुवा भइ ओखलढुङ्गा आउन लागेका हुन् ।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेपाल प्रहरीका १५० जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको हो । विहिवार निकालिएको सरुवा सुचना अनुसार ओखलढुङ्गाका डीएसपी खनालको पनि सरुवा भएको हो । सरुवा भएकाहरु मध्ये ११६ जनाको सरुवा र ३४ जनाको काज सरुवा रहेको छ ।