नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

प्रदेश १ मा चार मन्त्रालय कटाएर टुङ्गियो भागवण्डा, कसले कुन मन्त्रालय पाए ?  

ओखलढुङ्गान्युज माघ, विराटनगर प्रदेश १ सरकारले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गर्दै ९ वटा मन्त्रालय कायम गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले १३ वटा साविकको मन्त्रालय मध्ये चारवटालाई कटौती गर्दै ९ वटामा सीमित गरेको हो ।

प्रदेश नं. १ मा यसअघि कायम रहेका यातायात व्यवस्था तथा सञ्चार, उद्योग श्रम तथा रोजगार, पर्यटन तथा संस्कृति र भूमि व्यवस्था सहकारी तथा गरिवि निवारण मन्त्रालय खारेज भएको छ । अब प्रदेश सरकारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय, खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय र पर्यटन, वन तथा वातावरण मन्त्रालय मात्र रहने भएको छ ।

मन्त्रालय घटाएसँगै आज (शुक्रबार) नैं मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नियुक्त भएका मन्त्रीहरूलाई मन्त्रालय तोकेका छन् । कार्यविभाजन अनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक सहित आन्तरिक मामिला र कानुन मन्त्रालय आफूसँगै राखेका छन् ।

कसले कुन् मन्त्रालय पाए ?

१) हिक्मतकुमार कार्की,  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय

२) दुर्गा प्रसाद चापागाईं, सडक पूर्वाधार तथा सहरी विकाश मन्त्रालय

३) निर्मला लिम्बु, स्वास्थ्य मन्त्रालय

४) तिलकुमार मेन्यान्ग्बो, खानेपानी सिँचाई तथा ऊर्जा मन्त्रालय

५) भक्तिप्रसाद सिटौला, उद्योग कृषि तथा सहकारी मन्त्रालय

६) बुद्धिकुमार राजभण्डारी, सामाजिक विकास मन्त्रालय

७) जीवन आचार्य, पर्यटन वन तथा वातावरण मन्त्रालय