नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

लिखु साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा तस्मीरा बुढाथोकी निर्वाचित

ओखलढुङ्गान्युज । १ माघ, ओखलढुङ्गा । जिल्लाको लिखु गाउँपालिकामा रहेको लिखु साना किसान कृषि सहकारी संस्था लिमिटेडको चौथौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भएको साधारण सभाले तस्मीरा बुढाथोकीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गरिएको छ ।

निर्वाचित कार्यसमितिको पदाधिकारीहरुमा उपाध्यक्ष प्रतिमा मगर रहेका छन् । त्यस्तै पदाधिकारी अन्य सदस्यहरुमा जानुका सुवेदी खड्का, पुर्णीमा माझी, चिना बुढाथोकी, रुद्रमाया बुढाथोकी, सीता खत्री, सीता मगर, ज्ञानु वि.क., दिल कुमारी मगर र मैना देवी श्रेष्ठ रहेका छन् । त्यस्तै साधार सभाले प्रेम बहादुर बुढाथोकीको संयोजकत्वमा तेज बहादुर बुढाथोकी र भिम बहादुर श्रेष्ठ सदस्य रहेको लेखा समिति निर्माण गरेको छ । देव कुमारी खड्काको संयोजकत्वमा ९ सदस्यीय सल्लाकार समितिको समेत चयन गरेको सिंहदेवीवाट रामकुमार आछामी मगरले जानकारी दिए ।

लिखु साना किसान कृषि सहकारी संस्था लिखु गाउँपालिकाको वडा नम्बर १, २ र ३ का नागरिकलाई समेटेर सञ्चालन गरिएको हो । महिला नेतृत्वमा रहेको यसका सहकारीले ग्रामिण क्षेत्रमा रहेका कृषक तथा आम नागरिकलाई बचत गर्ने बानीको बिकास गरेको नवनिर्वाचित अध्यक्ष तस्मीरा भण्डारी बुढाथोकीले जानकारी दिईन् । उनका अनुसार सहकारीको कार्यसमितिका सबै पदाधिकारीहरु महिला रहेका छन् ।

वार्षिक साधारण सभा कार्यक्रमको उत्घाटन सत्रमा प्रमुख अतिथी राष्ट्रिय सहकारी संघका पुर्व केन्द्रिय कोषाध्यक्ष नानीबाबु बुढाथोकीले सहकारीले गाउँगाउँका नागरिकलाई जोडेको बताए । महिलाहरु सञ्चालक समितीमा रहेर सञ्चालन गरेका सहकारीले महिलाका लागी मात्र नभएर सबै बर्गलाई समेट्ने गरेर काम गरेको पनि बुढाथोकीले बताए । नेपालमा २०१३ सालमा सहकारीको सुरुवात भई अहिले आएर बिश्वभर फैलिएको र सहकारी संस्था आम नागरिकको दुखको साथी बनेको उनको भनाई थियो ।

त्यस्तै कार्यक्रमा प्रदेश नम्बर एकका पुर्व अर्थ समितीका सभापती एवम् ओखलढुङ्गाका पूर्व सांसद मोहन कुमार खड्का हिमशिखरले स्थानीय सरकार सहकारी मैत्री बन्न नसकेको बताए । उनले गाउँगाउँमा खोलेका सहकरीलाई समेट्दै स्थानीय सरकारले सहकारी निति निमार्ण गरेर अगाडी बढ्नुपर्ने बताए । स्थानीय सरकार सहकारी मैत्री बने गाउँगाउँमा रहेका कृषि सहकारी संस्थाहरु कृषकका लागि थप प्रभावकारी हुने खड्कोको भनाई थियो ।

करिब ४ बर्षअगाडी स्थापना भएको लिखु साना किसान कृषि सहकारी संस्था लिमिटेडमा अहिले ४ सय ५० भन्दा बढी सेयर सदस्य संख्या रहेको छ ।