नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

भोलि माघ २ गते सार्वजनिक शोक विदा

ओखलढुङ्गान्युज माघ, काठमाण्डौं आईतवार दिउँसो आकस्म्कि रुपमा बसेको नेपाल सरकार मन्त्री परिषदको बैठकले भोलि माघ २ गते सार्वजनिक शोक विदा दिने निर्णय गरेको छ । आईतबार पोखरामा भएको विमान दुर्घटनामा परि मृत्यु हुनेहरुको शोकमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मन्त्री परिषदको बैठकले दुर्घटनाको विषयलाई लिएर आवश्यक छानविन गरि प्रतिवेदन बुझाउन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । आयोगको सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा रहेका छन् ।

मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन आयोग गठन गरेको जनाएको छ । आयोगको सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने रहेको सरकारका प्रवक्ता उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।