नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

यति एअरलाईन्सको जहाज पोखरामा दुर्घटना, ३२ शब निकालिए

ओखलढुङ्गान्युज । १ माघ, काठमाण्डौं । आईतवार विहानै पोखरामा यति एअरलाईन्सको विमान दुर्घटना भएको छ । दुर्घटनामा परेको विमानमा चालक दलका ४ सदस्य सहित ७२ जना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएके छ । यो समाचार तयार पार्दै गर्दा विमान दुर्घटनामा भएको स्थलवाट ३२ जनाको शब निकालिएको छ ।

दुर्घटना भएको जहाजमा चालक दलका चार सहित ५७ जना नेपाली र १५ जना विदेशी रहेको प्राधिकरणले जनाएको छ । विदेशीहरुमा पाँचजना भारतीय र चारजना रसियन, कोरियाका दुई जना, आयरल्यान्ड, अस्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका एक÷एक जना नागरिक रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

काठमाण्डौबाट पोखराका लागि उडेको उक्त विमान पोखरामा अवतरण गर्ने तयारीका क्रममा सेती नदी खोँचमा खसेको हो । सेती नदीको खोँचमा दुर्घटना भएकाले उद्धार कार्य जटिल भएको सम्बन्धित अधिकारीले जनाएका छन् । जहाज खोँचमा खसेको र दुर्घटनाग्रस्त स्थल वरपर मानिसहरुको बाक्लो भिडका कारण उद्धार कार्यमा समस्या भएको उद्धारकार्यमा सहभागीहरुले बताएका छन् । विहान १० बजेर ३० मिनेटमा दुर्घटना भएपनि विमानमा लागेको आगो निभाउन तीन घण्टा सम्म लागेको बताईएको छ ।

विमान दुर्घटनामा परेका यात्रुको शव हाल गण्डकी अस्पतालमा ल्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिए । शवहरू अस्पताल लगिएसँगै दिवङ्गत यात्रुका परिवारजनले अस्पताल परिसर भरिएको छ। शवहरू अधिकांशः पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको छ ।

दुर्घटनामा परेको जहाज पूरै जलेको अवस्थामा छ । अहिले पनि उद्धारको काम चलिरहेको छ । उद्धारका लागि सुरक्षाकर्मीहरू परिचालन भइरहेको भइरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए । यति एयरलाइन्सको एन–एएनसी एटीआर–७२ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि दुर्घटना भएको थियो ।