नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

ओखलढुङ्गाका एक पुरुष गाईगोठमा मृत फेला

ओखलढुङ्गान्युज । २९ पुष, ओखलढुङ्गा । ओखलढुङ्गामाको खिजीदेम्बा गाउँपालिकामा एक पुरुष गाईगोठमा मृत फेला परेका छन् । मृत फेला पर्नेमा खिजिदेम्बा गाउँपालिका वडा नं. ६ का ६९ वर्षिय लाक्पा शेर्पा रहेका छन् ।

बिहीबार साँझ घरबाट गोठमा गाईलाई घाँस हाल्न जान्छु भन्दै शेर्पा झन्डै २ किलोमिटर टाढा रहेको गोठमा गएको परिवार श्रोतले बतएको छ । गाईगोठमा घाँस हाल्न गएका शेर्पा शुक्रबार बिहानसम्म घर नर्फकिएपछि उनकी श्रीमतीले खोजी गरेकी थिईन ।

श्रीमतीले खोजी गर्नेक्रममा शेर्पा गोठभित्र नै मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । प्रहरी निरिक्षक दासका अनुसार घटनाको बारेमा परिवारले नै प्रहरीलाई खबर गरेपछि ईलाका प्रहरी कार्यालय खिजिफलाटेको प्रहरीको टोली घटनास्थल पुगेको थियो । 

आवश्यक कानूनी प्रक्रिया पु¥याएर हाल शबलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार ल्याईएको पनि प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।