नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

महिला जनप्रतिनिधीको राजनीतिक सहभागीता अभिवृद्धि गर्न स्थानीय सरकारको प्रतिबद्धता

ओखलढुङ्गान्युज २८ पुष, ओखलढुङ्गा ओखलढुङ्गाका स्थानीय सरकारका प्रमुखहरुले निर्वाचित महिला जनप्रतिनिधीहरुको थप क्षमता विकासमा लागि पर्ने प्रतिबद्धता जनाएका छन् । आज ओखलढुङ्गामा शी लिड्स परियोजनाले आयोजना गरेको लैङ्गिक समानता र निर्वाचित महिला जनप्रतिनिधीहरुको राजनीतिक सहभागीता अभिवृद्धि सम्बन्धि अन्तरक्रिया कार्यक्रममा यस्तो प्रतिबद्धता जनाएका हुन् ।

अन्तरक्रिया कार्यक्रममा संस्थाको तर्फवाट प्रस्तुत गरिएको प्रस्तुती माथि सहभागीहरुले छलफल गर्दै आफ्नो पालिकामा भएका गतिविधीका बारेमा विचार प्रस्तुत गरेका थिए । संघिय सरकारले लैङ्गिक मैत्री कानून निर्माण गरेको भएपनि कार्यान्वयनमा समस्या रहिरहेको सहभागीहरुको भनाई रहेको थियो ।

सहभागीहरुले कानूनी रुपमा महिलाको उपस्थितीलाई अनिवार्य गरेर कागजी प्रकृया पूरा गरेको भएपनि व्याबहारिक रुपमा अझै कार्यान्वयन हुन नसकेको बताएका थिए । लैङ्गिक रुपमा विभेदमा परेकाहरुलाई अगाडी ल्याउन खोज्दा पनि अझै अलमल गरेको भन्दै उनीहरुको क्षमता विकासका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेकोले गर्नुपर्ने उनीहरुको भनाई थियो । महिला तथा दलित महिलाहरुलाई अगाडी ल्याउन र सहभागीता बृद्धि गर्न आर्फबाट सुरुवात गर्नुपर्ने उनीहरुले बताएका थिए ।

छलफलमा सहभागी हुदै प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले जिल्ला प्रशासन कार्यालयले लैङ्गिक मैत्री सेवा प्रवाह गरिरहेको बताएका थिए । कुनैपनि उपभोक्ता समितिमा राखेर उपस्थित िजनाएकै भरमा समाबेशी हुन नसक्ने प्रमुख जिल्ला अधिकारी तामाङले बताए । स्थानीय सरकारहरुले पनि लैङ्गिक मैत्री सेवा प्रवाह गर्दै बार्षिक बजेट तथा योजना निर्माण गर्दा महिला तथा दलित समुदायका नागरिकहरुको क्षमता विकासलाई बढावा दिने कार्यक्रम समेट्नु पर्ने बताएका थिए ।

अन्तरक्रिया कार्यक्रममा परियोजनाको तर्फवाट ओखलढुङ्गाको स्थानीय तहहरुमा भैरहेको कार्यक्रम तथा गतिबिधीहरुको बारेमा शी लिड्स परियोजना सञ्चालन गर्ने दलित महिला केन्द्र (सि.डी.डब्लु.एन.) का अध्यक्ष एवम् संबिधान सभा सदस्य हरिजंग दुलारीले जानकारी गराएकी थिईन् । शी लिड्स परियोजना ओखलढुङ्गाका लिखु गाउँपालिका र खिजिदेम्बा गाउँपालिका बाहेक अन्य ६ पालिकामा सञ्चालनमा रहेको छ ।

अन्तरक्रिया कार्यक्रममा मोलुङ गाउँपालिका, सुनकोशी गाँउपालिका, सिद्धिचरण नगरपालिका र चिशंखुगढी गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष, राजनीतिक दलका जिल्ला प्रतिनिधी तथा पत्रकारहरुको समेत सहभागीता रहेको थियो ।