नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

सोलुखुम्बुबाट ओखलढुङ्गा आउदै गरेको बोलेरो दुर्घटना, सात जना घाईते, एकको अबस्था गम्भिर 

ओखलढुङ्गान्युज । २८ पुष, ओखलढुङ्गा । सोलुखुम्बुबाट ओखलढुङ्गा तर्फ आउदै गरेको जिप दुर्घटनामा परेको छ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाबाट ओखलढुङ्गा तर्फ आउदै गरेको प्र–१–०२–००२ च ३८३५ नम्बरको बोलेरो जीप सिद्धिचरण नगरपालिका वडा नं. ५ विप्ल्याटेमा दुर्घटनामा परेको हो ।

बोलेरो जीप दुर्घटना हुदा बोलेरोमा सवार चालक सहित सात जना घाईते भएका छन् । घाईते मध्ये नेचा सल्यान गाउँपालिका वडा नं. ३ का ७० वर्षिय डिल्लीराम शर्माको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरिक्षक देबेन्द्र दासले बताए ।

प्रहरी निरीक्षक दासका अनुसार विहिबार विहान ९:४० बजे सिद्धिचरण नगरपालिका–५ विब्ल्याटेमा ब्रेक फेल भएर बोलेरो जिप दुर्घटना भएको हो । दुर्घटनामा परि घाईते भएका सबैजनाको उद्दार गरि ओखलढुङ्गा सामुदायिक अस्पतालमा सोब्रुमा ल्याइएको छ । उनीहरु सबैको उपचार सामुदायिक अस्पतालमा नै उपचार भईरहेकोे प्रहरी निरीक्षक दासले जानकारी दिए ।

दुर्घटनामा परि घाईते भएका हरु मध्ये शर्मा बाहेक अरु सबैको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ब्रेक फेल भएपछि चालकले बोलेरो जिपलाई भित्तामा ठोक्काएको अनुमान गरिएको छ । यद्यपी दुर्घटनाको थप कारण बारे अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलङ्गाले जनाएको छ ।