नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

मोलुङ गाउँपालिकाका निर्वाचित अध्यक्ष, उपाध्यक्ष सहित १३२ जनालाई जरिवाना

ओखलढुङ्गान्युज २८ पुष, ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिकाका निर्वाचित अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षहरु समेत १ सय ३२ जना जनप्रतिनिधी तथा उमेदवारहरुलाई निर्वाचन आयोगले जरिवाना गर्ने निर्णय गरेको छ । ८ वटा वडा रहेको मोलुङ गाउँपालिकामा निर्वाचित अध्यक्ष उत्तम राई, उपाध्यक्ष उर्मिला खतिवडा तथा ८ वटै वडाका वडा अध्यक्षहरु सहित १३२ जनालाई आयोगले जरिवाना गर्ने निर्णय गरेको हो ।

आयोगले केहि समय अगाडी एक सूचना प्रकाशित गरेर मोलुङ गाउँपालिकाका निर्वाचित अध्यक्ष राई सहित २०७९ को स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदका उमेदवार ८ जनालाई नै जरिवाना गर्ने निर्णय गरेको हो । उनीहरुवाट जनही ३ लाख ५० हजार जरिवाना अशुल गर्नुपर्ने आयोगको ठहर छ । त्यस्तै निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरु एवम् तिनका उमेद्वारहरुसँग भने जनही १ लाख ५० हजार जरिवाना हुने निर्वाचन आयोगले जनाएको छ ।

जरिवानामा पर्ने गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका उमेदवारहरु

अध्यक्ष उत्तम राई (नेकपा एमाले), अध्यक्ष पदका उमेदवारहरु राजन कुमार दाहाल (नेपाली कांग्रेस), दिपक फुयल (नेकपा एकिकृत समाजवादी) र माइकलजर्ज कार्की (राष्ट्रिय प्रजातन्त्र पार्टी) रहेका छन् । त्यस्तै उपाध्यक्ष उर्मिला खतिवडा (नेकपा एमाले), उपाध्यक्ष पदका उमेदवारहरु नेकपा माओवादी केन्द्रका कुल बहादुर खत्री, नेकपा एकिकृत समाजवादीका अञ्जना तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका पार्वता महर्जन पोखरेललाइ जनही ३ लाख ५० हजार जरिवाना हुने निर्वाचन आयोगले जनाएको छ ।

जनही १ लाख ५० हजार जरिवाना तोकिएका वडा अध्यक्ष तथा उमेदवारहरु

वडा नं. १ का वडा अध्यक्ष कमल बहादुर बानिया, उमेदवारहरु टोपराज धमला, बम बहादुर तामाङ, दिप प्रसाद ढकाल र प्रकाश धमला रहेका छन् । त्यस्तै महिला सदस्य तथा उमेदवारहरु निरा तामाङ, तारा कुमारी ढकाल, यामुना धमला गिरी, कृष्णमाया बोगटी, दलित महिला सदस्य तथा उमेदवार विमला विश्वकर्मा र अन्जना वि.क. रहेका छन् । त्यस्तै सदस्यहरु तर्फ नर बहादुर कार्की, राजन राई, रमेश कुमार बानिया, बुद्धि बहादुर कार्की, राण विक्रम कार्की, टिके तामाङ, राम कुमार ढकाल र ललित बहादुर बोगटी रहेका छन् ।

वडा नं. २ मा वडा अध्यक्ष टंक बहादुर कार्की तथा वडा अध्यक्षका उमेदवारहरु तोयानाथ काफ्ले, सुमन बानिया, डेक प्रसाद निरौला रहेका छन् । महिला सदस्य तर्फ सर्मिला कार्की र रोईत कुमारी भुजेल, दलित महिला सदस्य निर्मला दर्जी र सम्झना दर्जी रहेका छन् । त्यस्तै सदस्यहरु तर्फ छविलाल बानिया, पिेन राई, बैकुण्ठ राज श्रेष्ठ,दिल बहादुर राई, खगेन्द्र नेपाल र प्रेम बहादुर भुजेल रहेका छन् ।

वडा नं. ३ मा वडा मित्र बहादुर सुनुवार तथा उमेदवारहरु छत्र बहादुर तामाङ, झील बहादुर सुनुवार रहेका छन् । महिला सदस्य तर्फ हिरादेवी दाहाल, भावना तामाङ, सारा फुयाल (सुनुवार), दलित महिला सदस्य तर्फ टिकामाया विश्वकर्मा, रुपमाया विश्वकर्मा रहेका छन् । त्यस्तै सदस्यहरु तर्फ कमल प्रसाद फुयल, बागवीर सुनुवार, फडिन्द्र प्रसाद फुयल, छत्र बहादुर कार्की, प्रेम प्रसाद फुयल र नर बहादुर तामाङ रहेका छन् ।

वडा नं. ४ मा वडा अध्यक्ष भोलाराज राई तथा वडा अध्यक्षका उमेदवारहरु शम्भु कुमार खतिवडा, पदम बहादुर खत्री रहेका छन् । महिला सदस्य तर्फ टीका कुमारी खतिवडा, भगवती कटवाल, इश्वरी दर्जी, दलित महिला सदस्य तर्फ ईन्दिरा नेपाली, अनिता वि.क., जानुका ठटाल परियार रहेका छन् । खुला सदस्य तर्फ मेख बहादुर तामाङ, धनपति दाहाल, लाल बहादुर तामाङ, रत्न बहादुर दर्जी, घन बहादुर दर्जी र कविता कुमारी भट्टराई रहेका छन् ।

वडा नं. ५ मा वडा अध्यक्ष गोपिकृष्ण कार्की तथा वडा अध्यक्षका उमेदवारहरु गोपाल नेपाल, किशान खत्री, मान बहादुर सुनुवार र चन्द्रमणी दाहाल रहेका छन् । त्यस्तै महिला सदस्य तर्फ दुर्गामाया सार्की, गिता घिमिरे –दाहाल), कल्पना के.सी. (सुनुवार), गणेश कुमारी पोखरेल, दलित महिला सदस्य तर्फ दिल कुमारी विश्वकर्मा, नरमाया दर्जी र मेनुका विश्वकर्मा रहेका छन् । त्यस्तै सदस्यहरु तर्फ मान बहादुर तामाङ, नानी बहादुर तामाङ, युवराज दाहाल, कृष्णराज नेपाल, रत्न कुमार नेपाल, तेज बहादुर सार्की, सुमन कार्की र भवनाथ दाहाल रहेका छन् ।

वडा नं. ६ मा वडा अध्यक्ष कमल तामाङ तथा वडा अध्यक्ष पदका उमेदवारहरु प्रेम कुमार तामाङ, एक बहादुर थापा, महिला सदस्यहरु तर्फ किन्जु शेर्पा, थकमाया सुनुवार, फुर्वा शेर्पा, दलित महिला सदस्य तर्फ सावित्री वि.क. र मन कुमारी वि.क. रहेका छन् । त्यस्तै सदस्यहरु तर्फ मानंिसंह तामाङ, देवेन्द्र बहादुर तामाङ, वाङ्डा शेर्पा, हेम बहादुर कटवाल, झण्डे तामाङ र आङ लाक्पा शेर्पा रहेका छन् ।

वडा नं. ७ मा वडा अध्यक्ष हेम बहादुर सुनुवार तथा वडा अध्यक्ष पदका उमेदवारहरु केशर सिंह कार्की, गुञ्ज बहादुर सुनुवार, सूर्य बहादुर लामिछाने रहेका छन् । त्यस्तै महिला सदस्य तर्फ सुविमाया तामाङ, ज्योति तामाङ, मैरानी तामाङ, दलित महिला सदस्य तर्फ बुद्धिमाया वि.क., मईतीमाया कार्मी रहेका छन् । त्यस्तै सदस्यहरु तर्फ छोङदोर्जी शेर्पा, सोनाम शेर्पा, दोर्जी शेर्पा, पदम बहादुर तामाङ, मेघराज सुनुवार, भक्त बहादुर तामाङ र राम बहादुर बम्जन रहेका छन् ।

वडा नं. ८ मा वडा अध्यक्ष तथा उमेदवारहरु सुधिर राई, दिनेश राई, दावा शेर्पा, महिला सदस्यहरु मिङमा छोकी शेर्पा, अनुपा राई, दलित महिला सदस्य तर्फ पवित्रा विश्वकर्मा र विमला विश्वकर्मा रहेका छन् । त्यस्तै खुला सदस्य तर्फ गजेन्द्र राई, सो चङ्छु शेर्पा, मिङ्मार दावा शेर्पा, पासाङ तेम्बा शेर्पा, मनिषा राई र महेश राई रहेका छन् ।

निर्वाचन आयोगले तोकेको जरिवाना समयमा नबुझाउने निर्वाचित जनप्रतिनिधीहरुको पद खारेज हुने पनि निर्वाचन आयोगले जनाएको छ । जरिवाना नबुझाउने जनप्रतिनिधीहरुको पद चैत १, २०७९ देखी खारेज हुनेछ । त्यस्तै जरिवाना तोकिएका उमेदवारहरुले जरिवाना नबुझाएमा २०७९ भदौ ३१ गते देखि ६ वर्ष सम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने पनि आयोगले जनाएको छ ।