नेपाली समय Loading...२०८१ जेष्ठ ६ आईतवार

सुनकोशी गाउँपालिकाको अध्यक्ष/उपाध्यक्षका उमेदवार सहित ९७ जनालाई जरिवाना

ओखलढुङ्गान्युज २६ पुष, ओखलढुङ्गा जिल्लाको सुनकोशी गाउँपालिकाका ९७ जना निर्वाचित जनप्रतिनिधी तथा उमेदवारहरुलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ । १० वटा वडा रहेको सुनकोशी गाउँपालिकामा २०७९ सालको स्थानीय निर्वाचनमा उमेदवार रहेका गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष ७ जना सहित निर्वाचित वडा अध्यक्षहरुलाई समेत आयोगले जरिवाना गर्ने निर्णय गरेको हो ।

आयोगले सूचना प्रकाशित गरेर सुनकोशी गाउँपालिकाका अध्यक्ष पदका उमेदवारहरु इन्द्र बहादुर खड्का, यमचन्द्र कटवाल, भिम बहादुर कटवाल तथा उपाध्यक्ष पदका उमेदवारहरु सरस्वती कार्की पौडेल, पातली राई, डिल्ली कुमारी राई र बद्रि प्रसाद अधिकारीलाई जरिवाना गर्ने निर्णय गरेको हो । उनीहरुवाट जनही ३ लाख ५० हजार जरिवाना अशुल गर्नुपर्ने आयोगको ठहर छ ।

कुन वडाका को को परे जरिवानामा ?

आयोगले समयमा नै निर्वाचन खर्च नबुझाउने वडा तर्फपनि निर्वाचित तथा पराजय भोगेका उमेदवारहरुलाई जरिवाना तोकेको छ । आयोगले वडाका अध्यक्ष तथा वडा सदस्यहरुलाई पनि जनही १ लाख ५० हजार जरिवाना हुने जनाएको छ । वडावाट जरिवाना तिर्नु पर्ने निर्वाचित तथा उमेदवारहरु तपशिल बमोजिम रहेका छन् ।

वडा नं. १ का वडा अध्यक्ष पदका उमेदवारहरु सहदेव गिरी, दुर्गाहरि राई रहेका छन् । वडा महिला सदस्य शुक्र कुमारी राई, दलित महिला सदस्य शारदा दमाई तथा खुला सदस्यहरु टालबाबु राई र प्रेम बहादुर बुढाथोकी रहेका छन् ।

वडा नं. २ मा वडा अध्यक्ष पदका उमेदवार खिलनाथ तामाङ्ग, महिला सदस्य अमूता तामाङ, दलित महिला सदस्य मन्जिता विश्वकर्मा तथा वडा सदस्यका उमेदवारहरु लोक बहादुर तामाङ र रुकामाया मगर रहेका छन् ।

त्यसैगरि वडा नं. ३ मा निर्वाचित वडा अध्यक्ष गिर्वराज थापामगर वडा अध्यक्ष पदका उमेदवार चक्र बहादुर राई, महिला सदस्य सरिता बुढाथोकी थापा, जईन्द्र राई, सीतामाया थापा, दलित महिला सदस्य लिलामाया कामी, फूलमाया वि.क. रहेका छन् । खुला सदस्यहरुमा खड्ग बहादुर थापा क्षेत्री, भोलामान पण्डित, रुद्र बहादुर थापा क्षेत्री, नन्द कुमार तामाङ, कृष्ण बहादुर राई र खडानन्द तिम्सिना रहेका छन् ।

वडा नं. ४ मा वडा अध्यक्ष पदका उमेदवारहरु पूर्ण बहादुर श्रेष्ठ, गुरु प्रसाद तिम्सिना महिला सदस्यहरु निर्मला श्रेष्ठ, विष्णु कुमारी श्रेष्ठ, दलित महिला सदस्यहरु कविता वि.क., सेती माया दमिनी, सनिमाया वि.क. रहेका छन् । खुला पुरुष सदस्यहरुमा रद्र बहादुर राई, भवराम श्रेष्ठ, मिन बहादुर राई, विजय कुमार राई, मिलन राई र फणिन्द्र धमला रहेका छन् ।

त्यसैगरि वडा नं. ५ मा वडा अध्यक्षका उमेदवार टंकलाल तामाङ, महिला सदस्य कुमारी माया तामाङ तथा सदस्यहरु सुमन कटवाल, हेम बहादुर तामाङ र सानु तामाङ रहेका छन् ।

त्यस्तै वडा नं. ६ मा वडा अध्यक्ष पदका उमेदवार टिकाराम आलेमगर, महिला सदस्य गर्भीमाया मगर र रिना थापामगर, दलित महिला सदस्य मन कुमारी दर्जी र नैनीमाया दर्जी तथा सदस्यहरुमा प्रेम बहादुर तामाङ, मात्रिका प्रसाद गौतम र सिंह बहादुर थापामगर रहेका छन् ।

वडा नं. ७ मा पनि वडा अध्यक्षका उमेदवार श्याम बहादुर कटवाल तथा खुला महिला सदस्यहरु चित्र माया कार्की, फुलमाया कटवाल रहेका छन् । दलित महिला सदस्यहरुमा सुर्य कुमारी घताल, अस्मिता वि.क. तथा खुला पुरुष सदस्यहरुमा टिका बहादुर कार्की, नारायण कटवाल, हेम बहादुर कटवाल र चन्द्र बहादुर कार्की रहेका छन् ।

त्यसैगरि वडा नं. ८ मा वडा अध्यक्ष पदका उमेद्वारहरु छत्र बहादुर बस्नेत, हिरा बहादुर कटवाल, बिर्खे मगर रहेका छन् । महिला सदस्यहरुमा सितादेवी खत्री, हीरामाया मगर दलित महिला सदस्य खेतमाया नेपाली रहेका छन् । खुला पुरुष सदस्यहरुमा नविन कुमार श्रेष्ठ, मान बहादुर थापा, अमिर रानामगर र टेक बहादुर रानामगर रहेका छन् ।

त्यसैगरि वडा नं. ९ मा वडा अध्यक्ष पदका उमेदवार लोकनाथ अधिकारी, पेशल कुमार धमला र हरी बहादुर विष्ट रहेका छन् । महिला सदस्यहरुमा नारायण देवी श्रेष्ठ, जानुका कटवाल कार्की, दलित महिला सदस्यमा कुमारी सार्की र कुमारी माया नेपाली रहेका छन् । खुला पुरुष सदस्यहरु भुप बहादुर खत्री, धन बहादुर तामाङ, केशर बहादुर सुनुवार र उतिमान तामाङ रहेका छन् ।

त्यस्तै वडा नं. १० मा निर्वाचित वडा अध्यक्ष छविरमण धमला, वडा अध्यक्ष पदका उमेदवारहरु तुलाराम पराजुली, ओम प्रसाद धमला, शर्मिला खतिवडा र टंक प्रसाद धमला रहेका छन् । त्यस्तै महिला सदस्यमा सिता भुजेल, दलित महिला सदस्य शुशीला सार्की तथा खुला सदस्यहरु छत्र बहादुर कटवाल, निमराज पराजुली, रोहित बहादुर कटवाल र डोल बहादुर सुनुवारलाई पनि निर्वाचन आयोगले जरिवाना तोकेको छ ।

निर्वाचन आयोगले तोकेको जरिवाना समयमा नबुझाउने निर्वाचित जनप्रतिनिधीहरुको पद खारेज हुने पनि निर्वाचन आयोगले जनाएको छ । जरिवाना नबुझाउने जनप्रतिनिधीहरुको पद चैत १, २०७९ देखी खारेज हुनेछ । त्यस्तै जरिवाना तोकिएका उमेदवारहरुले जरिवाना नबुझाएमा २०७९ भदौ ३१ गते देखि ६ वर्ष सम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने पनि आयोगले जनाएको छ ।