नेपाली समय Loading...२०८१ जेष्ठ ६ आईतवार

लैङ्गिक हिंसा न्यूनिकरणको काममा गम्भिर हुन CPSW लाई मोलुङ गाउँपालिकाको निर्देशन

ओखलढुङ्गान्युज पुष, प्राप्चा लैङ्गिक हिंसा न्यूनिकरणका लागि पालिकाको कुना कुनामा पुग्न सामुदायीक मनोसामाजिक कार्यकर्ताहरुलाई गाउँपालिकाका अध्यक्ष उत्तम कुमार राईले निर्देशन दिनुभएको छ । बुधबार गाउँपालिकाको प्राप्चामा सामुदायीक मनोसामाजिक कार्यकर्ता तथा गाउँपालिकाका निर्वाचित जनप्रतिनिधीहरुका विचमा आयोजित अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष राईले यस्तो निर्देशन दिनुभएको हो ।

अन्तरक्रिया कार्यक्रममा सामुदायीक मनोसामाजिक परामर्श कार्यक्रमको बारेमा वरिष्ठ मनोपरामर्शकर्ता रमिता श्रेष्ठले प्रस्तुतीकरण गर्नुभएको थियो । गाउँपालिकासँगको सहकार्यमा सञ्चालनमा रहेको उक्त कार्यक्रम अन्तर्गत रहेका सामुदायीक मनोसामाजिक कार्यकर्ताहरुको काम, कर्तब्य, गरिरहेका गतिबिधी र निर्वाचित जनप्रतिनिधीहरुको समन्वयका बारेमा प्रस्तुती रहेको थियो ।

प्रस्तुती पश्चात सामुदायीक मनोसामाजिक कार्यकर्ताहरुको तर्फबाट पालिका संयोजक पदम कुमारी पोख्रेलले पालिकामा रहेको सेवाग्राही तथा आफुहरुले पुर्याएको सहयोगको बारेमा तथ्यांक प्रस्तुत गरेकी थिईन । तथ्यांक अनुसार सामुदायीक मनोसामाजिक कार्यकर्ताहरुले ६ महिनाको अबधिमा ११८ जना नागरिकहरुले सेवा लिएका थिए ।

अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राईले सामुदायीक मनोसामाजिक कार्यकर्ताहरुले गरेको कामको प्रशंसा समेत गर्नुभएको थियो । परियोजना अन्तर्गत पालिकामा सञ्चालित कार्यक्रममा गाउँपालिकाले समेत लगानी गरेको अध्यक्ष राईको भनाई छ । गाउँपालिकाले समेत लगानी गरेपछि प्रतिफलका बारेमा समेत गाउँपालिकाले चासो राख्नुपर्ने भएकोले परिभाषित जिम्मवारी पूरा गर्न प्रतिबद्ध रहनका लागि समेत अध्यक्ष राईले निर्देशन दिनुभयो । लैङ्गिक हिंसा न्यूनिकरण कार्यक्रमका लागि सतहमा मात्रै नभई गहिराईमा गएर केन्द्रित गर्न समेत अध्यक्ष राईले निर्देशन दिनुभएको थियो ।