नेपाली समय Loading...२०८१ जेष्ठ ६ आईतवार

मोलुङ गाउँपालिकाको प्रशासकिय भवनको सिलान्यास

ओखलढुङ्गान्युज पुष, प्राप्चा जिल्लाको मोलुङ गाउँपालिकाको प्रशासकिय भवनको बुधबार सिलान्यास गरिएको छ । बुधबार मोलुङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष उत्तम कुमार राईले साईत हेराएर नै प्रशासकिय भवनको सिलान्यास गरेका हुन् ।

गाउँपालिकाको प्रशासकिय भवन निर्माणको लागि भ्याट सहित ११ करोड ७४ लाख ६ हजार ७ सय ७७ रुपैया ५० पैसा रहेको छ । कुल बजेटमा ईविडिङ टेन्डर आव्हान गर्दा विवस ईन्टरनेशनल कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालि चावहिलले भवन निर्माणका लागि भ्याट सहित ११ करोड ४९ लाख १५ हजार ४ सय ३९ रुपैया ९५ पैसामा ठेक्का पाएको छ ।

                                                  यस्तो बन्नेछ मोलुङ गाउँपालिकाको प्रशासकिय भवन

ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरेको ३६ महिना भित्र भवन निर्माण गरिसक्नु पर्ने सर्तमा ठेकेदार कम्पनीका प्रतिनिधीसँग सम्झौता भएको मोलुङ गाउँपालिकाका सूचना अधिकारी सन्तोष गौतमले जानकारी दिए । गाउँपालिकाले २०७९ साल जेठ २ गते सम्झौता गरेको हो । सम्झौता भएको मितिले ३६ महिना अर्थात आगामी २०८२ सालको जेठ ५ गते भित्र भवन निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ ।

प्रशासकिय भवनको सिलान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष उत्तम कुमार राई, उपाध्यक्ष उर्मिला खतिवडा, निवर्तमान अध्यक्ष मणिराज राई, प्रमुख प्रशासकिय अधिकृत सरोज थापा, गाउँपालिकाका वडा अध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो ।