नेपाली समय Loading...२०८१ जेष्ठ ६ आईतवार

सिद्धिचरण नगरपालिकालाई कृषि विकास बैंकको डस्टविन सहयोग

ओखलढुङ्गान्युज । ५ पौष, ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिकाको बजार क्षेत्रको सरसफाई ब्यबस्थापनका लागि भन्दै कृषि विकास बैंक ओखलढुङ्गा शाखाले डस्बिन बितरण गरेको छ । सिद्धिचरण नगरपालिका वडा नं १२ का विभिन्न क्षेत्रको फोहोर मैला व्यबस्थापन गर्दै बजार क्षेत्रलाई स्वच्छ, सफा राख्नका लागि सहयोग पु¥याउने उद्देश्यले वडा नं. १२ को वडा कार्यालय तथा जनहित गुठी मार्फत बैंकले आज डस्टविन वितरण गरेको हो ।

आज मंगलबार गणेशचोकमा रहेको जनहित गुठीको सभाहलमा आयोजित एक अनौपचारीक कार्यक्रम मार्फत बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदी, बैंकका प्रदेश नं. १ का निर्देशक रञ्जन खनाल, बैंकका ओखलढुङ्गा शाखाका निमित्त प्रमुख रमेश दाहालले संयुक्त रुपमा वडा नं. १२ का वडा अध्यक्ष उमंग श्रेष्ठलाई उक्त डस्टविन हस्तान्तरण गरेका हुन् । बजार क्षेत्रको वातावरणमा सुधारका लागि फोहोर मैला व्यबस्थापनमा सहयोग गर्ने उद्देश्यले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ४५ हजार बराबरको ३० थान डस्टविन बितरण गरेको बैंकका निमित्त प्रमुख दाहालले बताए ।

डस्टविन बुझ्दै वडा अध्यक्ष श्रेष्ठले बजारको वातावरणलाई स्वच्छ राख्न सरसफाइलाई ध्यान दिदै डस्टविन सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिए । वडा अध्यक्ष श्रेष्ठले वजारबासी तथा बजारमा आवतजावत गर्ने नागरिकहरुले जथाभावी फालिने फोहोरलाई डस्बिनमा राख्न समेत आग्रह गरे । सरसफाइयुक्त नगर निर्माणका लागि नागरिक स्वयमले समेत महत्वपूर्ण भुमिका खेल्नुपर्ने वडा अध्यक्ष श्रेष्ठको भनाइ छ ।

बैकंले सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत बेलाबेलामा विभिन्न कार्यक्रमहरु गर्दै आएको बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले वताए । सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत आगामी दिनमा पनि ओखलढुङ्गामा यस्तै सहयोगलाई निरन्तरता दिने समेत उपमहाप्रबन्धक सुवेदीले प्रतिवद्धता जनाए ।