नेपाली समय Loading...२०८१ जेष्ठ ६ आईतवार

भर्याङ्गबाट लड्दा ओखलढुङ्गामा एक वृद्धको ज्यान गयो 

ओखलढुङ्गान्युज । १ पुष, ओखलढुङ्गा । विहिवार दिउसो घरको भर्याङबाट लड्दा ओखलढुङ्गामा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. ११ रमाईलोडाँडाका ७७ बर्षिय बिर्खबहादुर मगर रहेका छन् ।

मगर बिहीबार दिउँसो करिब १ बजेतिर घरकै भ¥याङबाट ओर्लिने क्रममा लडेका थिए । उनि भर्याङ्गबाट चिप्लियर लड्दा गम्भीर घाईते भएको पारिवारिक स्रोतले बताएको छ । गम्भिर घाईते भएका मगरको तत्काल उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल सोब्रु पु¥याईएको थियो ।

अस्पतालमा उपचारकै क्रममा मगरको दिउँसो ४ बजेतिर मृत्यु भएको पाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गादे जनाएको छ । घटना घटेको निकै समयपछि मगरका परिवारले प्रहरीलाइ जानकारी गराएका थिए ।

घटनाबारे जानकारी हुनासाथ घटनास्थलमा प्रहरीको टोली पुगेको थियो । घटनाकोबारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।