नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

ओखलढुङ्गामा मतान्तर घटाउँदै एमालेका उम्मेदवार गुरुङ

ओखलढुङ्गान्युज । ६ मंसिर, ओखलढुङ्गा । प्रदेश सभा निर्वाचन क्षेत्र नं १ ओखलढुङ्गामा एमालेका उम्मेदवार अम्विरबाबु गुरुङले आफ्नो मतान्तरलाइ घटाएका छन् । सिद्धिचरण नगरपालिकाको वडा नंं ३ र ४ को मतगणना सकिदा कांग्रेसका उम्मेदवार प्रदीप कुमार सुनुवारसगको मतान्तर ७३१ मा झारेका छन् ।

सिद्धिचरण नगरपालिकाको वडा नं १ देखि ४ सम्मको मतगणना सकिदा कांग्रेसका प्रदिप कुमार सुनुवारले ११ हजार ८ सय २ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार अम्विरबाबु गुरुङले ११ हजार ७१ मत पाएका छन् ।

अब सिद्धिचरण नगरपालिकाको वडा नं ५ र ६ को मतगणना कार्य सुरु भएको छ ।