नेपाली समय Loading...२०८१ जेष्ठ २ बुधबार

यसममा दुइवटा घरमा आगलागी, २० लाख बढीको क्षति

ओखलढुङ्गान्युज । १५ कातिक, ओखलढुङ्गा । मङ्गलबार विहान जिल्लाको लिखु गाउँपालिका वडा नं. ४ यसमको दुई घरमा आगलागी भएको छ । विहान करीब साँढे १० बजेतिर भएको आगलागीका कारण दुई घर जलेर पूर्ण रूपले नष्ट भएको छ भने २० लाख बढीको क्षति भएको छ ।

आगलागीका कारण लिखु गाँउपालिका वडा नं. ४ यसमका राम खड्काको घर जलेर पूर्ण रुपमा नष्ट भएको हो । खड्काको पुरानो ढुङ्गामाटोले बनाएको तिनले घर तथा भुकम्प प्रतिरोधी घर समेत आगलागीका कारण पूर्ण रुपमा ध्वस्त भएको स्थानीय समाजसेवी एकिन्द्रराज कटवालले जानकारी दिए । 

आगलागीमा पशुचौपाया तथा मानविय क्षति नभए पनि घरभित्र रहेको अन्नपात, लत्ताकपडा, सुनचादीको गहना तथा नगदहरु समेत जलेर नष्ट भएको छ । घरमा परिवारको सदस्यहरु कोहि नभएको बेला आगलागी भएको हो । घरमा लागेको आगोलाइ प्रहरी, स्थानीय नागरिक तथा गाउँपालिकाका कर्मचारी, नगर प्रहरीको टोलीले झण्डै साँढे दुई घण्टा पछि नियन्त्रणमा लिएका थिए ।

आगलागी नियन्त्रणमा आएपनि घरमा रहेको कुनै पनि सामाग्री बचाउन नसकिएको स्थानीयले बताएका छन् । परिवारका कोही सदस्य घरमा नभएको बेला आगलागी भएकोले आगलागीको कारण थाहा हुन नसकेको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भै रहेको पनि प्रहरीले जनाएको छ ।